default_image

4 years ago

July 8, 2021

इंग्ल्यान्डमाथि यूईएफएले छानविन गर्ने

187 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार राति भएको डेनमार्कविरुद्धको सेमिफाइनलमा खेल भावना विपरित कार्य गरेको भन्दै इंग्ल्यान्डमाथि छानविन गर्ने भएको छ ।

घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराएर इंग्ल्यान्ड पहिलोपटक युरोको फाइनलमा पुग्न सफल भएको थियो । उक्त खेलको अतिरिक्त समयमा कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्ने समयमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारलाई लक्षित गरि दर्शकदीर्घाबाट ‘लेजर लाइट’ को प्रयोग गरेका थिए । कास्परले केनको पेनाल्टी रोकेपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाएका थिए ।

यस्तै अतिरिक्त समयकै खेल चलिरहँदा मैदानमा दोस्रो बल रहेको विषय र खेलको सुरुवातमा राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेको विषयमा समेत यूईएफएको अनुशासन कमिटि (सिइडीबी) ले छानबिन गर्ने बताएको छ ।

फाइनल पुगेको इंग्ल्यान्डले अब उपाधिका लागि ११ जुलाईमा बेम्वली स्टेडियममै इटालीको सामना गर्ने छ । इटालीले मंगलबार राति स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.