default_image

3 years ago

July 8, 2021

रियलमा नाचोको सम्झौता नविकरण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेका छन् । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएका हुन् । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । यो सम्झौता नविकरणको अर्थ नाचोलाई एकै क्लबबाट खेल्दै सन्यास लिने खेलाडी बन्ने सपना नजिक ल्याएको छ । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेका छन् । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएका हुन् ।

नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । यो सम्झौता नविकरणको अर्थ नाचोलाई एकै क्लबबाट खेल्दै सन्यास लिने खेलाडी बन्ने सपना नजिक ल्याएको छ । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ वर्षको उमेरमा सन् २००१ मा रियलमा आएका थिए । २००१ देखि २००९ सम्म रियलको युथ एकेडेमीमा रहेका नाचो २००९ मा रियलको रिजर्भ टिममा परेका थिए ।

त्यसपछि उनी २०१०–११ को सिजनदेखि निरन्तर रियलको सिनियर टोलीमा रहेका छन् । नाचोले जोसे मौरिन्होको प्रशिक्षणमा रहँदा २०११ अप्रिलमा भ्यालेन्सियामााथि ६–३ को जित पाएको खेलबाट ला लिगामा डेब्यु गरेका थिए । त्यसपछि ३१ वर्षीय सेन्टरब्याक नाचोले ११ सिजन रियलमा बिताउँदा २३३ खेलमा १२ गोल गरेका छन् । उनले सेगुन्डा डिभिजनमा १११ खेल खेलेका थिए ।

रियलले सन् २०१४ देखि २०१८ को बीचमा चार पटक च्याम्पियन लिगको उपाधि जित्दा उनी टोलीका सदस्य रहेका थिए । च्याम्पियन्स लिगमा ४४ खेल खेलेका छन् । गत सिजन नाचोले जिनेदिन जिदानको प्रशिक्षणमा ३३ खेलमा अवसर पाएका थिए । जहाँ उनले इडर मिलिसाओ र राफयल भरानसँग रियलको रक्षापंक्तिमा सहकार्य गरेका थिए ।

रियलकै एकेडेमीका उत्पादन ड्यानी कार्भाहल र लुकास भाज्क्वेजले अन्य क्लबमा गएर खेल्दै रियलमा फर्कदा नाचो लगातार १० सिजन रियलकै जर्सीमा रहेका छन् । ३१ वर्षीय नाचोले स्पेनबाट २२ क्याप जित्दा एक अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले चोटको कारण गत सिजन विरलै मौका पाउदा स्पेनको टोलीमा स्थान बनाउन सकेनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.