default_image

3 years ago

July 9, 2021

अर्जेन्टिनाको जर्सीमा मेस्सीको पाँचौ फाइनल

एजेन्सी – विश्व फुटबलकै सर्वकालीन महान खेलाडीमध्यका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले हालसम्म राष्ट्रिय टोलीका लागि कुनै उपाधि जितेका छैनन् । शनिबार कोपा अमेरिकाको फाइनलमा ब्राजिलको सामना गर्दा मेस्सीसँग त्यो खडेरी तोड्ने अवसर छ । कोपा अमेरिकाको फाइनलमा पछिल्लो पटक ब्राजिल र अर्जेन्टिनाले सन् २००७ मा भिडेका थिए । त्यसबेला ब्राजिलले ३-० को सहज जित दर्ता […]

64 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलकै सर्वकालीन महान खेलाडीमध्यका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले हालसम्म राष्ट्रिय टोलीका लागि कुनै उपाधि जितेका छैनन् । शनिबार कोपा अमेरिकाको फाइनलमा ब्राजिलको सामना गर्दा मेस्सीसँग त्यो खडेरी तोड्ने अवसर छ ।

कोपा अमेरिकाको फाइनलमा पछिल्लो पटक ब्राजिल र अर्जेन्टिनाले सन् २००७ मा भिडेका थिए । त्यसबेला ब्राजिलले ३-० को सहज जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो । यसपटक दुवै टोली प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेका छन् । फाइनल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

यसपटकको फाइनल ब्राजिल विरुद्ध अर्जेन्टिनासँगै दुवै देशका स्टार लिओनेल मेस्सी र नेयमारलाई जोडेर हेरिएको छ । दुवै खेलाडीले जारी प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । मेस्सीले ४ गोल र ५ असिस्ट गर्दै अर्जेन्टिनाको हरेक जितमा प्रभाव छाडेका छन् । नेयमारले पनि २ गोल र ३ असिस्टका साथ आफ्नो उपस्थिति जनाएका छन् ।

मेस्सीले कोपा अमेरिकामा तीन पटक फाइनल खेलेका छन् । सन् २००७ मा पहिलो पटक फाइनल खेलेका उनले ब्राजिलविरुद्ध प्रतिस्पर्धा नै गर्न सकेन । त्यसबेला बाप्टिस्टा र ड्यानी आल्भेससँगै आयलाको आत्मघाती गोलमा ब्राजिल ३-० ले विजयी रहेको थियो ।

सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि अर्जेन्टिनाले फाइनलमा स्थान बनायो । त्यसबेला चिलीविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । अर्जेन्टिनाका लागि टाइब्रेकरमा मेस्सीले मात्र पेनाल्टीमा गोल गरेका थिए । गोन्जालो हिगुआइन र एभर बनेगाले पेनाल्टीमा गोल गर्न नसक्दा चिली च्याम्पियन बनेको थियो ।

त्यसको एक वर्षपछि नै कोपा अमेरिकाको शतवार्षिकीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा इतिहास दोहोरियो । चिलीविरुद्धको फाइनल खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलको निर्णय हुने भयो । दुर्भाग्यवश यसपटक मेस्सीले पेनाल्टी चुकाउँदा चिली च्याम्पियन बन्यो । मेस्सीले आवेशमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा पनि गरे, तर केहि महिनामा नै आफ्नो निर्णय फिर्ता लिए ।

विश्वकपमा भने मेस्सीले चार पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् । सन् २००६ देखि विश्वकप खेल्न थालेका उनले सन् २०१४ मा भने फाइनलसम्म पुगेका थिए । जर्मनीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना अतिरिक्त समयमा पराजित हुन पुग्यो । मारियो गोट्जेले १ सय १३ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि सन् २००६ र २०१० मा क्वाटरफाइनलमा रोकिएको अर्जेन्टिनाले सन् २०१८ मा पनि फ्रान्ससँग पराजित हुँदै राउन्ड अफ १६ नै पार गर्न सकेन । अब मेस्सीले २०२२ मा हुने कतार विश्वकप खेल्ने आँकलन गरिएको छ । त्यसअघि शनिबार हुने कोपा फाइनलमा उनलाई पहिलो उपाधि जित्ने अवसर छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.