default_image

4 years ago

July 10, 2021

इंग्ल्यान्डलाई युइएफएको जरिवाना

156 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तरगत दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलाई लक्षित गर्दै समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिवाना गरेको छ ।

वेम्बली स्टेडियममा गत बुधवार रातिको खेलका क्रममा रेफ्रीले विवादास्पद पेनाल्टी दिएपछि इंल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो ।

कास्परले केनले प्रहार गरेको पेनाल्टी रोकेपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाउँदै पहिलोपटक युरोको फाइनलमा तथा ५५ वर्षपछि ठुलो प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो । त्यही घटनालाई लिएर युइएफएले छानबिन सुरु गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिवाना गरेको हो ।

यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए । खेल दौरान दोस्रो बल मैदानमा रहँदा खेल रेफ्रीले खेल नरोक्दा पनि त्यसको चर्काे विरोध भएको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.