default_image

4 years ago

July 11, 2021

युरो फाइनलका तथ्यहरु

162 views

0 Bookmark

एजेन्सी – आज (आइतबार) राति युरोपेली च्याम्पियनसिपको १६औं संस्करणको फाइनलमा इटाली र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ । खेल वेम्वली स्टेडियम लन्डमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

इटाली युरोमा दोस्रोपटक च्याम्पियन बन्न चाहन्छ भने इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा हुनेछ । खेल हुने समय नजिकिदै गर्दा उत्साह पनि बढ्दो छ । हामीले यहाँ अघिल्लो १५औं संस्करणको फाइनलको केही रोमाञ्चक तथ्य केलाउने प्रयास गरेका छौं ।

एडर (युरो २०१६) अतिरिक्त समयमा गोल

अनपेक्षित रुपमा फाइनलको यात्रा तय गरेको पोर्चुगलले अनुभवी र युवा खेलाडीको समिश्रण रहेको बलियो घरेलु टोली फ्रान्ससँग फाइनल भेट तय गरेको थियो । टोलीका स्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएर खेल्न नसक्ने भएपछि २७औं मिनेटमा नै मैदानबाट बाहिरिंदा पोर्चुगललाई दवाव बढेको थियो ।

तर ७९औं मिनेटमा रेनाटो साञ्चेजको स्थानमा मैदान छिरेका एडरले अतिरिक्त समय (१०९) औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलोपटक युरोको च्याम्पियन बनाएका थिए । उक्त गोल एडरको अन्तर्राष्ट्रिय करिअरको एकमात्र गोल पनि हो ।

पाँच संस्करणको फाइनलमा २–१ को जित

युरोको १५ मध्ये पाँच सस्करणको फाइनलमा २–१ को नजिता निस्किएको छ । १९६०, १९६४, १९८०, १९९६ र २००० मा २–१ को स्कोर निस्किएको हो ।

स्पेन लगातार दुई संस्करण जित्ने एक्लो टोली

स्पेनलाई युरोमा सदाबहार दावेदार टोलीको रुपमा लिइन्छ । तर, राम्रो खेल्दा खेल्दै पनि स्पेन उपाधिबाट बन्चित हुँदै आएको थियो । तर स्वर्णिम पुस्ताको स्पेनले २००८ र २०१२ मा लगातार युरोको उपाधि जित्न सफल भएको थियो । लगातार फाइनल जित्ने स्पेन एक्लो टोली हो ।

एकपटक ट्राइबेकरमा निर्णय

युरोको १५ संस्करणको फाइनलमध्ये एक संस्करणमा मात्रै ट्राइबेकरमा निर्णय भएको छ । सन् १९७६ को युरोमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई ट्राइबेकरमा ५–३ ले हराउँदै पहिलो उपाधि जितेको थियो । निर्धारित समयमा २–२ र अतिरिक्त समयमा यही नतिजा कायम रहेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

जर्मनी सबैभन्दा धेरै फाइनल खेल्ने टोली

जर्मनी युरोपेली च्याम्पियनसिपको फाइनलमा पुग्ने राष्ट्र हो । उसले ६ पटक फाइनलको यात्रा तय गर्दा तीन पटक उपाधि जितेको छ । जर्मनी सन् १९७२, १९७६, १९८०, १९९२, १९९६ र २००८ मा फाइनलमा पुग्दा १९७२, १९८० र १९९६ मा च्याम्पियन बनेको थियो । स्पेनले चारपटक फाइनलको यात्रा तय गर्दा तीन पटक उपाधि जितेको छ । सर्वाधिक युरो जित्ने कीर्तिमान जर्मनी र स्पेनकै नाममा छ । दुवैले समान ३ पटक युरो जितेका छन् ।

दुई संस्करणमा गोल्डेन गोलबाट निर्णय

सन् १९९६ र २००० मा अतिरिक्त समयमा गोल्डेन गोलबाट निर्णय लिइएको थियो । सन् १९९६ मा ओलिभर बिएरहोफले अतिरिक्त समय ९५औं मिनेटमा गोल गरेपछि जर्मनीले चेक रिपब्लिकलाई २–१ ले हराउँदै तेस्रोपटक युरोको च्याम्पियन बन्न सफल भएको थियो ।

त्यसको चार वर्षपछि डेभिड ट्रेजेग्वेटले अतिरिक्त समय (१०३) औं मिनेटमा गोल गरेपछि फ्रान्सले इटालीलाई २–१ हराउँदै च्याम्पियन बनेको थियो । अहिले भने गोल्डेन गोलको नियमलाई फिफाले नै हटाएको छ ।

भिलफोर्ट – युरो १९९२ को फाइनलको नायक

डेनमार्कले युरो १९९२ मा छनोट चरण पार गर्न सकेको थिएन । तर युगोस्लाभियालाई कारवाही भएपछि डेनमार्कले मौका पाएको थियो । त्यही मौको फाइदा डेनमार्कले अविश्वसनीयन रुपमा उठाउँदै च्याम्पियन बन्न सफल भएको थियो ।

टोलीका महत्वपुर्ण सदस्य किम भिलफोर्टले आफ्नो छोरीको उपचारका लागि दुई पटक टोलीको क्याम्प छाडेका थिए । तर, उनले जर्मनीविरुद्धका फाइनलमा गोल गर्दै डेनमार्कको २–० को जित सुनिश्चित गरेका थिए ।

डेब्युमै तीन टोली च्याम्पियन

तीन राष्ट्र (सोभियत युनियन, इटाली र पश्चिम जर्मनी) युरोको डेब्युमै च्याम्पियन बन्न सफल टोली हुन् । सोभियत युनियनले सन् १९६०, इटालीले १९६८ र पश्चिम जर्मनीले १९७२ मा उपाधि जितेका थिए ।

बेर्टी भोग्ट्स – प्रशिक्षक र खेलाडीको रुपमा विजेता

पश्चिम जर्मनीका बेर्टी भोग्ट्सले युरोमा खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका छन् । सन् १९७२ मा खेलाडीको रुपमा उपाधि जितेका बेर्टीले १९९६ मा प्रशिक्षकको रुपमा उपाधि जितेका थिए ।

स्पेनविरुद्ध इटाली – फाइनलमा सबैभन्दा फराकिलो जित

स्पेन निकै लयमा रहेको समय २००८ देखि २०१२ सम्म हो । यो समयमा स्पेनले तीन उपाधि दुई युरो र एक विश्वकप जित्न सफल भएको थियो । युरो २००८ र विश्वकप २०१० को च्याम्पियन बनेको स्पेनले २०१२ को युरोको फाइनलमा इटालीलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । जुन युरोको फाइनलमा फराकिलो जित हो ।

एकै वर्ष युरो र च्याम्पियन्स लिग जित्ने खेलाडी

९ खेलाडीले एकै वर्ष च्याम्पियन्स लिग र युरो जित्न सफल भएका छन् । लुइस सुआरेज (इन्टर मिलान र स्पेन –१९६४), रोनाल्डल कोम्यान (पीएसभी इन्डोभेन र नेदरल्यान्ड्स – १९८८), बारी भान एरले (पीएसभी इन्डोभेन र नेदरल्यान्ड्स – १९८८), हान्स भान ब्रिउक्लेन (पीएसभी इन्डोभेन र नेदरल्यान्ड्स – १९८८), जेराल्ड भानेनवर्ग (पीएसभी इन्डोभेन र नेदरल्यान्ड्स – १९८८), हुआन माटा (चेल्सी र स्पेन –२०१२), फर्नान्डो टोरेस (चेल्सी र स्पेन –२०१२), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड र पोर्चुगल –२०१६) र पेपे (रियल म्याड्रिड र पोर्चुगल –२०१६)

अभागी बालक र ग्रिजमन

दुई खेलाडी माइकल बालक र एन्टोइन ग्रिजमन एक वर्षमा च्याम्पियन्स लिग र युरो जित्न असफल खेलाडी हुन् । माइकल बालकले २००८ मा जर्मनीबाट युरो र सोही वर्ष चेल्सीबाट च्याम्पियन्स लिगको उपाधि गुमाएका थिए । यस्तै फ्रान्सका एन्टोइन ग्रिजमनले २०१६ मा युरोको फाइनल र एट्लेटिको म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि गुमाएका थिए ।

Griezmann

फर्नान्डो टोरेसलाई गोल्डेन बुट

स्पेनका फर्नान्डो टोरेसले सन् २०१२ को युरोको गोल्डेन बुट जित्न सफल भएका थिए । समान ३ गोल (एलान जागोइभ, मारियो म्यान्जुकिक, मारियो गोमेज, मारियो बालोटेली र क्रिस्टियानो रोनाल्डो) रहेपनि असिस्ट र थोरै समय १८९ मिनेट खेलेका कारण उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.