default_image

3 years ago

July 14, 2021

सिकले रोनाल्डोलाई भने – ‘मेरो आइडल बढी भाग्यमानी’

एजेन्सी – युरोपेली च्याम्पियनसिपकै सवैभन्दा अनुभवी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यसपटकको युरोपियन गोल्डेन बुट जिते । पाँच पटकको युरो सहभागितामा ३६ वर्षीय रोनाल्डोले पहिलोपटक गोल्डेन बुट जित्न सफल भएका हुन् । गोल्डेन बुटकै दौडमा रहेको चेक रिपब्लिकका प्याट्रिक सिकले रोनाल्डो बढी भाग्यमानी रहेको बताएका छन् । गोल्डेन बुट रोनाल्डोलाई सुम्पिनु परेपछि २५ वर्षीय सिकले यसपटक […]

39 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपकै सवैभन्दा अनुभवी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यसपटकको युरोपियन गोल्डेन बुट जिते । पाँच पटकको युरो सहभागितामा ३६ वर्षीय रोनाल्डोले पहिलोपटक गोल्डेन बुट जित्न सफल भएका हुन् ।

गोल्डेन बुटकै दौडमा रहेको चेक रिपब्लिकका प्याट्रिक सिकले रोनाल्डो बढी भाग्यमानी रहेको बताएका छन् । गोल्डेन बुट रोनाल्डोलाई सुम्पिनु परेपछि २५ वर्षीय सिकले यसपटक उनी भाग्यमानी ठहरिएको जनाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यो पटक तिमी बढी भाग्यमानी बन्यौं, बधाई छ मेरो आइडल रोनाल्डो ।’

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित हुदै प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि सर्वाधिक गोलकर्ता बन्दै उक्त अवार्ड जित्न सफल भएका थिए । रोनाल्डोले युरोमा समूह चरणका तीन र प्रि–क्वाटरको एक खेल गरी कुल चार खेलमा ५ गोल र १ असिस्ट दिएका थिए ।

चेक रिपब्लिकका खेलाडी प्याट्रिक सिकले रोनाल्डोलाई भेट्टाएपनि एक असिस्टका कारण रोनाल्डो भाग्यमानी ठहरिए । सिकले ५ खेलमा ५ गोल गरेपनि असिस्टमा पछि हुँदा गोल्डेन बुट दौडबाट बाहिरिएका थिए ।

रोनाल्डो युरो इतिहासमा सवार्धिक गोलकर्ता समेत बनेका छन् । उनले पाँच संस्करणको युरोकपमा २५ खेल खेल्दै १४ गोल गरेका छन् । उनीभन्दा पछि फ्रान्सका मिचेल प्लाटिनी छन् । रोनाल्डो विश्वको दुई ठुला प्रतियोगिता विश्वकप र युरोमा गरी सर्वाधिक गोल गर्नेमा पनि शीर्षमा छन् । उनले २१ गोल गरेका छन् । रोनाल्डोले युरोमा १४ तथा विश्वकपमा ७ गोल गरेका छन् ।

उनीभन्दा पछि जर्मनीका मिरोस्लाभ क्लोज छन् । क्लोजले विश्वकपमा १६ तथा युरोमा ३ गोलसहित १९ गोल गरेका छन् । रोनाल्डोले यसै युरोमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान राखेका इरानका अली दाईको १०९ गोलको कीर्तिमानलाई भेट्टाएका छन् । उनी सक्रिय फुटबलमा सर्वाधिक गोल गर्नेमा शीर्षमा छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.