default_image

3 years ago

July 15, 2021

मेस्सी र बार्सिलोना सहमति नजिक

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र कप्तान लियोनेल मेस्सीबीच नयाँ सम्झौताको लागि सहमति नजिक पुगेको बताइएको छ । मेस्सी ३० जुनसँगै फ्रि एजेन्ट बनेका थिए । फ्रि एजेन्ट बनेको दुई साता बित्नै लाग्दा पनि दुवै पक्षबीच कुनै ठोष निष्कर्ष निस्कन सकेको थिएन । ३४ वर्षीय मेस्सीले नोउ क्याम्पमा रहनका लागि ५० प्रतिशत पारिश्रमिक कटौती गर्न […]

47 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र कप्तान लियोनेल मेस्सीबीच नयाँ सम्झौताको लागि सहमति नजिक पुगेको बताइएको छ । मेस्सी ३० जुनसँगै फ्रि एजेन्ट बनेका थिए ।

फ्रि एजेन्ट बनेको दुई साता बित्नै लाग्दा पनि दुवै पक्षबीच कुनै ठोष निष्कर्ष निस्कन सकेको थिएन । ३४ वर्षीय मेस्सीले नोउ क्याम्पमा रहनका लागि ५० प्रतिशत पारिश्रमिक कटौती गर्न सक्ने र यो सम्झौताको अनुमोदन हुनका लागि वकिलहरुबाट नै सबै स्पष्ट हुनेछ ।

क्याटलान पत्रिका एल स्पोर्ट्सटिउले मेस्सी र बार्सिलोनाबीच बुधबार नयाँ सम्झौतामा हस्ताक्षर भएको र केही दिनमै आधिकारिक रुपमा सार्वजनिक गर्ने बताएका छन् । अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सीले आफ्नो कप्तानीमा टोलीलाई २८ वर्षपछि उपाधिको खडेरी तोडेका थिए । जुन उनको पनि पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । प्रशिक्षक रोनाल्ड कोम्यानले प्रमुख खेलाडीबिनै टोलीको प्रि–सिजन सुरुवात गरिसकेको छ ।

मेस्सी र बार्सिलोनाबीच सम्झौता भएको पुष्टि हुन केही दिन लाग्न सक्ने बताइएको छ । ट्रान्सफर अवधि अझै बाँकी रहेकाले थप विषयलाई सन्तुलन गर्न समय लिइएको हुन सक्ने अनुमान गरिएको छ । तर यो स्पष्ट छ कि मेस्सी यो सिजन बार्सिलोनामै रहनेछन् ।

यो आशा गरिएको छ कि बार्सिलोनामा मेस्सीको नयाँ सम्झौता दीर्घकालीन (५ वर्ष) को हुनेछ । यसबीचमा उनले दुई सिजन अमेरिकी मेजर लिग सकरमा सद्भावना दुतको रुपमा खेल्न सक्नेछ । क्लबका अध्यक्ष जोन लापोर्टा र मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान पनि मेस्सीको यो विषयमा सकरात्मक छन् । फ्रान्सेली क्लब पीएसजीले पनि मेस्सी अनुबन्धबाट हात झिकिसकेको छ ।

एजेन्सी – लिओनल मेस्सीको नयाँ सम्झौताका लागि बार्सिलोना र त्यसका समर्थकहरु ब्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अहिले सम्म औपचारिक रुपमा सम्झौता भइनसकेपनि मेस्सी त्यसको नजिक रहेको बताइएको पनि धेरै भइसकेको छ ।
३४ वर्षे सुपर स्टार यसअघि पाउँदै आएको भन्दा ५० प्रतिशत रकम कटौती गर्दै क्लबमा बस्न तयार रहेको समाचार सार्वजनिक भएका छन् । मेस्सी र बार्सिलोना बुधबार सम्झौतामा पुगेको भनिएको छ । बाँकी केहि प्रक्रिया पूरा गरेर सम्झौता विषयमा औपचारिक घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ ।
मेस्सीको कप्तानीमा हालै मात्र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । जो दुई साता अघिबाट फ्रि एजेन्ट भएका थिए । अब अहिले भने नयाँ सम्झौता हुने वातावरण तयार भएको समर्थकहरु खुसी देखिएका छन् ।
…..
केहि दिनमा मेस्सीसँगको नयाँ सम्झौताका विषयमा सार्वजनिक हुने सम्भावना छ । ढिलामायो महिनाको अन्त्यसम्ममा त्यो घोषणा हुन सक्छ । तर पुरानो सम्झौता सकिने समयबाट उनले बार्सिलोना छाड्न सक्ने शंका पनि थियो ।
अहिले भनेको मेस्सीले बार्सिलोनासँग लामो सम्झौता गर्ने सम्भावना रहेको बताइएको छ । उनी र क्लबबीच पाँच वर्षको सम्झौता हुने सम्भावना रहेको छ । तर अहिले पनि उनी फुटबलको प्रचारका लागि मेस्सी खेल जीवनको अन्त्यतिर अमेरिका जान चाहेको पनि बताइएको छ ।
तर पछिल्लो अनुमान अनुसार मेस्सीले अझै पाँच वर्ष बार्सिलोनाका लागि योगदान दिने सम्भावना रहेको बताइएको छ । मेस्सीले बार्सिलोनामा पारिश्रमिकलाई कहिल्यै प्राथमिकतामा राखेका थिएनन् । उनी टोली बलियो र सबै उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने गरि तयार होस् भन्ने चाहन्छन् । पारिश्रमिक कम लिएर पनि उनी बार्सिलोना बस्नका लागि तयार हुने सम्भावना बढेबाट पनि उनका लागि आर्थिक विषय मुख्य नरहेको मान्न सकिन्छ ।
मेस्सीको बार्सिलोनाको सम्झौता जुनको अन्त्यमा टुंगिएको थियो । यद्दपी बार्सिलोनाको सामाजिक सञ्जालबाट भने उनी अहिले पनि टोलीकै सदस्यका रुपमा प्रस्तुत गरिने गरिन्छ । क्लबका अध्यक्ष जोन लापोर्टा र मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान पनि मेस्सी निरन्तर क्लबमा रहनेमा विश्वस्त थिए । पेरिस सेन्ट जर्मेनले पनि मेस्सीलाई भित्राउने योजनालाई त्यागेबाट पनि उनी बार्सिलोनामा बस्ने सम्भावना बलियो भएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.