default_image

3 years ago

July 17, 2021

जातिवादको आरोप लगाउँदै जर्मन टोलीले मैदान छाड्यो

93 views

0 Bookmark

एजेन्सी – जातलाई लिएर दुर्व्यवहार गरेको भन्दै जर्मनीको पुरुष फुटबलमा प्रतिस्पर्धा गर्ने ओलम्पिक टोलीले होन्डुरसविरुद्धको मैत्रीपुर्ण फुटबल खेल चलिरहँदा मैदान छाडेको छ ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा जर्मनीका जोर्डन तोरुनारीघामालाई लक्षित गर्दै जातिय भेदभाव गरेको भन्दै खेलाडीहरु मैदानबाट निस्केका थिए । अर्काे सातादेखि शुरु हुने ओलम्पिकका लागि स्टेफन कन्ट्जको जर्मनीले होन्डुरससँग मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए । एक गोलले पछि परेको अवस्थामा फेलिक्सले बराबरी गोल फर्काएका थिए ।

जर्मन फुटबल फेडेरेसन (डिएफबी) ले आफ्नो खेलाडीमाथि होन्डुरसका एक खेलाडीे जातिय विभेद गरेको पुष्टि गरेको छ । क्लोज डोरमा भएको खेल वाकायामा जापानमा भएको थियो । जर्मनीका प्रशिक्षक स्टेफनले खेलको हिसावले यो एकदमै उच्च स्तरको खेल भएको बताए ।

‘खेल चलिरहँदा मैले सोचिरहेको थिए कि जोर्डनसँग के हुदैछ । खेल सकिन ५ मिनेट बाँकी रहँदा त्यहाँ झगडाको स्थिति सिर्जना भएको थियो । म जोर्डन भएतिर दौडिए, किनभने मैले उसको संकेत देखेको थिए । उनी अत्यन्तै चिन्तित मुद्रामा थिए । उनले भने मलाई दोस्रोपटक जातिय अपमान भयो । त्यसपछि हामीले पिच छाड्ने निर्णय गर्यौं किनकि यो हाम्रो मुल्य मान्यताको विरुद्ध हो ।’

समग्र होन्डुरस टोली बेन्चमा आए र माफी मागे यसले हाम्रो र जोर्डनको मुद्धालाई यही सकाएपनि हामीले बाँकी समयको खेल खेलेनौं ।

होन्डुरसले पनि यो घट्ना लगत्तै सामाजिक सन्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गलत बुझाइका कारण यस्तो अवस्था आएको जनाएको छ । खेल ८७औं मिनेटमा आएर सकिएपछि एक जर्मन खेलाडीमाथि होन्डुरसको एक खेलाडीले जातिय अपमान गरेको आरोप लगाएको उल्लेख छ । यस विषयमा होन्डुरसले गलत बुझाइका कारण यो अवस्था आएको विज्ञप्तिमा लेखिएको छ ।

हर्था बर्लिनका यि डिफेन्डर जोर्डन तोरुनारीघामामाथि गत फेब्रुअरीमा डिएफबी पोकलमा साल्केका समर्थकले जातिय अपमान गरेको खबर बाहिरिएको थियो । उक्त घटनामा बुन्डेसलिगाले साल्केलाई ५० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

ओलम्पिकमा जर्मनी समूह ‘डी’ मा रहेको छ । यो समूहमा ब्राजिल, आइभोरी कोस्ट र साउदी अरब रहेका छन् । जर्मनीले २२ जुलाईमा ब्राजिलसँग खेल्दैछ । यस्तै होन्डुरस समूह ‘बी’ मा रहेको छ । यो समूहमा न्युजिल्यान्ड, रोमानिया र दक्षिण कोरिया रहेका छन् । होन्डुरसले रोमानियासँग २२ जुलाईमा खेल्दै ओलम्पिकको सुरुवात गर्नेछ ।

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.