default_image

3 years ago

July 18, 2021

मैत्रीपुर्ण खेलमा इन्टर मिलानले लुगानोलाई हरायो

33 views

0 Bookmark

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इटालियन च्याम्पियन इन्टर मिलानले प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिरी ‘ए’ च्याम्पियन इन्टरले स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो । त्यसअघि खेलको ३०औं मिनेटमा सान्डी लोब्रिचले गोल गर्दै लुगानोलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मिकाइल फाचिनेट्टीले गोल गरेपछि इन्टर २–० ले पछि परेको थियो ।

३८औं मिनेटमा डानिलो डिएम्ब्रोसीले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने संकेत दिए । ५४औं मिनेटमा इन्टरका मार्टिन साट्रियानोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा इन्टरले बाजी मारेको हो ।

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.