default_image

3 years ago

July 22, 2021

मानाजको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

एजेन्सी – सब्सिच्युट फरवार्ड रे मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो । स्पेनमा बुधबार राति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल […]

82 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड रे मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ ।

बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

स्पेनमा बुधबार राति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि पहिलो हाफकै अन्त्यतिर १० खेलाडीमा समेटिएपछि दोस्रो हाफमा बलियो बार्सिलोनालाई रोक्न सकेन ।

बार्सिलोनाले जिम्नास्टिक १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो । ३८औं मिनेटमा एलेक्स क्विन्टानिला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । ६०औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि रे मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो । मानाज ४६औं मिनेटमा जोर्डी स्कोवारको स्थानमा मैदान प्रवेश गरेका थिए ।

बार्सिलोनाले जिम्नास्टिकविरुद्ध पहिलो टोलीका जेरार्ड पिके, सामुइल उम्टिटि, सर्जिनो डेस्ट, मिरालेम प्यानिच, सर्जी रोबर्टाे र रिकी पुचलाई खेलाएको थियो ।

अब बार्सिलोनाले प्रि–सिजनमै रेडबुल साल्जवर्ग, जिरोना र भिएफबी स्टुटगार्टसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बार्सिलोनाले १५ अगस्टमा रियल सोसिडाडसँग खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.