default_image

3 years ago

July 22, 2021

रियल छाड्ने खेलाडीको ‘ट्राफिक जाम’

एजेन्सी – रियल म्याड्रिड आउने सिजनका लागि टोलीलाई चुस्त बनाउन चाहन्छ । तर, अहिले टोलीमा रहेका कतिपय खेलाडी नयाँ प्रशिक्षक कार्लो एन्सोलोटीको योजनामा रहने देखिदैन । वर्तमान अवस्थामा खेलाडीको व्यवस्थापन कसरी हुन्छ रियलका लागि त्यो चुनौतीपूर्ण देखिएको छ । इटालियन प्रशिक्षकले पहिलो रोजाईका २३ बाटै नयाँ सिजनमा चुनौती पेश गर्ने सम्भावना छ । त्यसमा आवश्यकता […]

55 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड आउने सिजनका लागि टोलीलाई चुस्त बनाउन चाहन्छ । तर, अहिले टोलीमा रहेका कतिपय खेलाडी नयाँ प्रशिक्षक कार्लो एन्सोलोटीको योजनामा रहने देखिदैन ।

वर्तमान अवस्थामा खेलाडीको व्यवस्थापन कसरी हुन्छ रियलका लागि त्यो चुनौतीपूर्ण देखिएको छ । इटालियन प्रशिक्षकले पहिलो रोजाईका २३ बाटै नयाँ सिजनमा चुनौती पेश गर्ने सम्भावना छ । त्यसमा आवश्यकता अनुसार युवा खेलाडीलाई मौका दिन सक्छन् । ब्राहिम डियाज एसी मिलायनमा लोनमा गएपछि रियलमा अझै २८ सिनियर खेलाडी छन् । त्यस्तोमा केहि खेलाडीले क्लब छाड्ने अवस्था आउन सक्छ । त्यसमा केहि खेलाडीले रियलकै टोलीमा पर्नका लागि संघर्ष गरिरहेका छन् ।

युवा खेलाडीलाई टोलीमा स्थान दिन पनि रुचाउने प्रशिक्षक एन्सेलोटी नै हुन् । केही खेलाडी आफैं क्लब छाड्ने मनासयमा रहँदा केहीलाई रियलले बाहिर पठाउन खोजिरहेको छ । यसलाई सान्टियागो बर्नाबाउबाट बाहिरिनेको ‘ट्राफिक जाम’ भनिएको छ ।

अब लुका जोभिक, ग्यारेथ बेल, इडर मिलिसाओ, भिनिसियस जुनियर, रोड्रिगो, ताकेफुसा कुवो, इस्को, ड्यानियल सेबालोस, मारियानो डियाज, जेसस भालेजो, राफयल भरान र इडेन हजार्डमध्य केहि खेलाडी रियलबाट बाहिरिनेको सुचीमा छन् ।

जोभिच बस्न चाहन्छन्

लुका जोभिच बाहिरिने सम्भावना देखिन्थ्यो । तर फरवार्ड क्लबमै रहेर एउटा अर्को मौकाका लागि प्रयास गर्न चाहिरहेको बताइन्छ । एसी मिलान उनलाई लोनमा लिन चाहिरहेको छ । रियलले लोनको प्रस्ताव भने स्वीकार्ने सम्भावना छैन । २३ वर्षे जोभिच ७० मिलियन युरोमा दुई वर्षअघि क्लबमा आबद्ध भएका थिए । गत साता उनी घाइते भएका छन् । अर्को क्लबमा जान वा टोलीमा स्थान बनाउन दुवै उनका लागि कठीन देखिएको छ ।

ग्यारेथ बेल

ग्यारेथ बेलको रियलमा भविष्य अझै निश्चित भइसकेको छैन । युरोपियन च्याम्पियनसिप पछि उनले आफ्नो योजना प्रष्ट पार्ने सम्भावना रहेको बताइएपनि अहिलेसम्म केहि बताएका छैनन् । एन्सेलोटी बेल बस्नेमा आशावादी छन् । तर त्यसका लागि इयू बाहेकका इडेर मिलिटो, भिनिसियस वा रोड्रिगो मध्ये एकले क्लब छाड्न पर्ने हुन्छ । त्यसै कारण टेकेफुसा कुबो फेरि लोनमा गएका छन् ।

इस्कोको प्रभाव

इस्को पनि क्लबले विक्री गर्न चाहेका खेलाडी मध्ये हुन् । तर उनले प्रिसिजनमा नयाँ प्रशिक्षकलाई प्रभावित गरेका छन् । उनको त्यो सकारात्मक प्रभावले सायद उनले एक पटक फेरि मौका पाउन सक्छन् । प्रशिक्षकले पनि विगतमा उनलाई आफ्नो योजनामा राख्दै आएका छन् ।

अनिश्चित सेबालोस

डानी सेबालोसले नयाँ प्रशिक्षकको नेतृत्वमा पनि उस्तै मौका पाउने आशा राखेका छन् । तर एन्सेलोटीे उनलाई प्रयोग गर्ने सम्भावना कम छ । त्यसैले सायद उनी लोनमा जान सक्छन् ।

मारियानोमाथि शंका

मारियानो डियाजका लागि गत सिजन सन्तोषजनक रहन सकेन । यसपटक पनि उनको त्यहि अवस्था हुने सम्भावना रहेको अनुमान गरिन्छ । राम्रो पारिश्रमिक पाएका उनी भने रियलमै रमाएका छन् । मैदानमा कम मौका हुँदापनि उनको गुनासो देखिन्न ।

भालेहो

जेसस भालेहोको अवस्था अझै निश्चित छैन । राफेल भारेनले रियल छाडेको अवस्थामा भालेजको टोलीमा रहने सम्भावना हुन्छ । सेन्टर ब्याकमा उनी अहिले टोलीको चौथो विकल्प हुन् । यदि उनी बसेको अवस्थामा केहि मौका भने पाउन सक्छन् ।

हाजार्डसँगको आशा

हइन हाजार्ड अहिले टोलीमा खासै गन्तीमा पर्दैनन् । तर पनि क्लब उनको इच्छा बुझ्न चाहिरहेको बताइन्छ । उनलाई विक्री गर्न सहज छैन । त्यसअर्थ अझै एक पटक उनले आफूलाई प्रमाणित गर्ने प्रयास गर्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.