default_image

3 years ago

July 25, 2021

नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ । शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ ।

शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए ।

आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने बताएका छन् । आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ ।

प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ ।

यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ ।

यता नेपालले आयोजना गर्ने पक्का हुँदा राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने राजीनामा दिने घोषणा गरेका छन् । विस्तृतमा : प्रशिक्षक अलमुताइरीको राजीनामा !

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.