default_image

3 years ago

July 26, 2021

लेवान्डोस्की ‘फुटबलर अफ द इयर’

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले लगातार दोस्रो सिजन ‘जर्मनी फुटबलर अफ द इयर’ को अवार्ड’ जितेका छन् । लेवान्डोस्कीले लगातार दोस्रो सिजन यो अवार्ड जित्ने क्रममा बायर्नका आफ्नै सहकर्मी थोमस मुलर र बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । फुटबल म्यागजिन […]

53 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले लगातार दोस्रो सिजन ‘जर्मनी फुटबलर अफ द इयर’ को अवार्ड’ जितेका छन् ।

लेवान्डोस्कीले लगातार दोस्रो सिजन यो अवार्ड जित्ने क्रममा बायर्नका आफ्नै सहकर्मी थोमस मुलर र बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । फुटबल म्यागजिन किकरले हरेक वर्ष यो अवाडै प्रदान गर्ने गर्दछ ।

यस अवार्डमा जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा विजेता छान्न गरिन्छ । ३२ वर्षीय लेवान्डोस्कीले ५६३ मध्ये ३५६ मत पाएका थिए । मुलरले ४१ तथा हालान्डले ३८ मत मात्रै पाएका थिए । लेवान्डोस्की गत सिजन जर्मन बुन्डेसलिगामा सर्वाधिक (४१) गोलकर्ता बनेका थिए । उनले बायर्नका लागि गत सिजन ४८ खेलमा ४८ गोल गर्न सफल भएका थिए ।

लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए । लेवान्डोस्कीले बायर्नका लिजेन्ड गर्ड मुलरले ४९ वर्षअघि सन् १९७१-७२ को सिजनमा राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए । सन् २०१४ मा बोरुसिया डर्टमुन्डबाट बायर्न पुगेका लेवान्डोस्कीले बायर्नका लागि हालसम्म २१९ खेल खेल्दै २०३ गोल गरेका छन् ।

महिलातर्फ जर्मन क्लब होफेनहाइनका निकोल बिलाले प्लेयर अफ द इयर अवार्ड हात पारिन् । जर्मन म्यानेजर अफ द इयरको अवार्ड इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन लिग जिताएका थोमस टुचेलले हात पारे । उनले बायर्नका हान्सी फ्लिक र डर्टमुन्डका अन्तरिम प्रशिक्षक इडिन तेर्जिकलाई पछि पारे ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.