default_image

3 years ago

July 29, 2021

रियल म्याड्रिडका अलाबालाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नयाँ खेलाडी डेभिड अलाबालाई कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रियन डिफेन्डरले रियलको प्रशिक्षण मैदान भाल्डेवेवासनजिकै रहेको अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । युरोपेली च्याम्पियनसिपका कारण रियलको प्रि–सिजनमा ढिला गरी जोडिएको अलाबा अब कम्तीमा पनि […]

23 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नयाँ खेलाडी डेभिड अलाबालाई कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रियन डिफेन्डरले रियलको प्रशिक्षण मैदान भाल्डेवेवासनजिकै रहेको अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । युरोपेली च्याम्पियनसिपका कारण रियलको प्रि–सिजनमा ढिला गरी जोडिएको अलाबा अब कम्तीमा पनि १० दिन टोलीको प्रशिक्षण बाहिर रहनेछन् ।

जर्मन क्लब बायर्न म्युनिखका पुर्व खेलाडी अलाबा यो समरमा रियलबाट कोरोना संक्रमण हुने दोस्रो खेलाडी हुन् । यसअघि क्लबका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई कोरोना पुष्टि भएको थियो । उनी फ्रान्समै सेल्फ आइसोलेसनमा रहेका छन् ।

रियलले यसै समरमा २८ वर्षीय अलाबालाई फ्रि एजेन्टमा अनुबन्ध गर्न सफल भएको थियो । उनलाई रियलले एक साताअघि मात्रै क्लबमा सार्वजनिक गरेको थियो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.