default_image

3 years ago

July 31, 2021

यूईएफएले सुपर लिग क्लबलाई कारवाही गर्न नपाउने

एजेन्सी – युरोपका शीर्ष क्लबहरुले स्थापना गरेको युरोपेली सुपर लिगविरुद्ध युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले कुनै कारवाही गर्न नपाउने भएको छ । सुपर लिगमा अझै उपस्थित रहेका तीन क्लबले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् । यूईएफएले कारवाही गर्ने भनेपछि १२ मध्य ९ क्लबले नाम फिर्ता लिएका थिए । तर रियल म्याड्रिड, […]

37 views

0 Bookmark

एजेन्सी – युरोपका शीर्ष क्लबहरुले स्थापना गरेको युरोपेली सुपर लिगविरुद्ध युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले कुनै कारवाही गर्न नपाउने भएको छ । सुपर लिगमा अझै उपस्थित रहेका तीन क्लबले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् ।

यूईएफएले कारवाही गर्ने भनेपछि १२ मध्य ९ क्लबले नाम फिर्ता लिएका थिए । तर रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले भने आफ्नो उपस्थिति कायम राख्ने जनाउँदै मुद्दा दायर गरेका थिए । यूईएफएले यसअघि कारवाही गर्ने तयारी गरेकोमा अब सबै प्रक्रिया रद्द हुनेछ । यूईएफएले यसबारे अपिल गरेपनि अदालतले उक्त अपिल रद्द गर्दै कुनै कारवाही गर्न नपाउने बताएको हो ।

अब लक्जेम्बर्गस्थित युरोपेली अदालतले यूईएफएले युरोपेली फुटबलमा गरेको एकपक्षीय गतिविधिको छानविन गर्नेछ । यससँगै सुपर लिग पुन: सुरु हुने सम्भावना बढेको छ । यसअघि इंग्लिस प्रिमियर लिगका ६ क्लबसँगै इन्टर मिलान, एसी मिलान र एटलेटिको म्याड्रिडले सुपर लिगबाट नाम फिर्ता लिएका थिए । सुपर लिगमा सहभागी हुने निर्णयमा समर्थकले व्यापक विरोध गरेपछि क्लब पछि हटेका थिए । यी क्लबलाई यूईएफएले जरिवाना समेत गराएको थियो ।

सुपर लिगले अब कारवाही गरेका सबै क्लबको जरिवाना फिर्ता हुनुपर्ने जनाएको छ । यसबाहेक यूईएफएले सुपर लिगको कुनैपनि कार्यक्रममा रोक लगाउन नपाउने पनि अदालतले निर्णय गरेपछि अब प्रतियोगिता हुने सम्भावना रहेको छ । हाल उपस्थित तीन क्लबले कुन कदम चाल्नेछन् भन्ने हेर्न बाँकी छ । यसअघि १२ संस्थापक क्लबसँगै ४ टोली थप गर्ने प्रारम्भिक योजना रहेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.