default_image

3 years ago

August 5, 2021

लिभरपुलमा एलिसनको सम्झौता नविकरण

एजेन्सी – ब्राजिली गोलरक्षक एलिसन बेकरले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । एलिसनले बुधबार लिभरपुलसँग ६ वर्षको लामो सम्झौता नविकरण गरेका हुन् । यो सम्झौता नविकरणसँगै २८ वर्षीय एलिसन सन् २०२७ सम्म मर्सिसाइड क्लब लिभरपुलमा रहनेछन् । एलिसन सन् २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए । त्यसयता एलिसनले लिभरपुलमा लगातार उच्च […]

36 views

0 Bookmark

एजेन्सी – ब्राजिली गोलरक्षक एलिसन बेकरले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । एलिसनले बुधबार लिभरपुलसँग ६ वर्षको लामो सम्झौता नविकरण गरेका हुन् ।

यो सम्झौता नविकरणसँगै २८ वर्षीय एलिसन सन् २०२७ सम्म मर्सिसाइड क्लब लिभरपुलमा रहनेछन् । एलिसन सन् २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए । त्यसयता एलिसनले लिभरपुलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । लिभरपुलले उनको प्रदर्शनलाई मध्यनजर गर्दै क्लबमा लामो समयसम्मको लागि अनुबन्ध गरेको बुझिएको छ ।

यो समरमा लिभरपुलमा सम्झौता नविकरण गर्ने एलिसन तेस्रो खेलाडी हुन् । यसअघि ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र फाविन्होले समान ५ वर्षको सम्झौता नविकरण गरेका छन् । लिभरपुलमा लामो समयसम्मको लागि सम्झौता नविकरण गरेसँगै एलिसनले खुशी लागेको बताएका छन् ।

‘म र मेरो परिवार यहाँ साँच्चिकै खुशी छौं । मेरा बच्चाहरु यहाँ फरक देशमा सेटल भइसकेका छन् । हामी निकै खुशी छौं ।’ सम्झौता नविकरणपछि एलिसनले भने, ‘म साँच्चै खुशी छु । मैले यहाँ राम्रो गरिरहेको अनुभुति भएको छ । यो निर्णयमा म साँच्चै खुशी छु । यहाँ मलाई सहज नै छ ।’

२८ वर्षीय एलिसन आइतबारदेखि टोलीको प्रशिक्षण क्याम्पमा जोडिएका छन् । उनले सिरी ‘ए’ प्रतिद्धन्द्धी बोलोग्नाविरुद्धको मैत्रीपुर्ण खेल खेल्ने सम्भावना छ । एलिसनले च्याम्पियन्स लिग, प्रिमियर लिगसँगै अन्य केही खेल्दै गरेको अवस्थामा हामीले हाम्रो लक्ष्य तय गर्दै जित्न कै लागि खेल्ने बताएका छन् ।

एलिसन सन् २०१६ मा ब्राजिली क्लब नासिनोलबाट इटालियन क्लब रोमामा आएका थिए । रोमामा दुई सिजन बिताएपछि उनी ६७ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका थिए ।

एलिसनले लिभरपुलबाट तीन सिजनमा १३० खेल्दा १ गोल गरेका छन् । उनले लिभरपुलबाट समान एक प्रिमियर लिग, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जितेका छन् । ब्राजिलबाट सन् २०१९ मा कोपा अमेरिका कप जितेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.