default_image

3 years ago

August 8, 2021

तीन खेलाडी थप्दै राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो ।

यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका थिए । तर पोखरामा हुने प्रशिक्षणमा भने गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखिलाई पुन: टोलीमा समावेश गरिएको छ ।

एरिक विष्ट र प्रकाश बुढाथोकीले भने पोखराको प्रशिक्षण क्याम्पमा सहभागि नहुने एन्फाले जनाएको छ । यसअघि टोलीको नामावलीमा नरहेका विक्रम लामालाई पनि छनोटमा समावेश गरिएको छ । उनी कतारमा शल्यक्रिया गराएर नेपाल आएपछि उनी म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका थिए । टोलीको प्रशिक्षण र आन्तरिक मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेपछि उनी छनोटका लागि योग्य भएका हुन् ।

पोखरामा ३८ सदस्यीय टोलीले दुई साता प्रशिक्षण गर्ने योजना रहेको छ । अब छनोटमा ६ गोलरक्षकका रुपमा कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र अर्पण कार्की रहनेछन् । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा छन् ।

डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्‍जित धिमाल, रोहित चन्द र सुमन अर्याल टोलीमा अटाएका छन् । एन्फाले वेबसाइटमा राखेको सुचीमा राजनको नाम नभएपनि उनी टोलीसँग पोखरामा जानेछन् । यसअघि जर्जप्रिन्सको नाम छुटेपनि एन्फाले पछि उनको नाम थपेको थियो ।

मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, शिशिर लेखि, आयुष घलान, विशाल राई, विक्रम लामा, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।

यसअघि प्रारम्भिक छनोटबाट डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का तथा मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ र रवी पासवान बाहिरिएका थिए । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ र सुदिल राई पनि दोस्रो चरणमा बढ्न सकेनन् ।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दशरथ रंगशालामा १७ र २० भदौमा दुई मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको छ । नेपालले भारतबाट नै प्रस्ताव आएको कारण खेल पक्का भइसकेको बताइरहँदा भारतले भने खेल हुनेबारे अन्तिम निर्णय बाँकी रहेको बताएको छ । यस्तै बंगलादेशले पनि मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको बुझिएको छ ।

यता एन्फाले अर्को निर्णय नहुँदासम्म प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नहुन टोलीका व्यवस्थापकलाई पत्र लेखेको थियो । त्यसबारे एन्फाले हालसम्म नयाँ निर्णय गरिसकेको छैन । दुवै पक्ष विवाद समाधान गर्न सहमतिमा आएको भनिएपनि एन्फाले औपचारिक रुपमा कुनै धारणा दिएको छैन ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.