default_image

3 years ago

August 8, 2021

फुटबल विवाद : समितिले अध्यक्षसहित दर्जनको बयान लिने

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ ।

छानबिन समितिले नेम्बाङ, अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङसहित झण्डै १३ जनालाई बयानका लागि पत्र काटेको छ । ‘विवादसँग जोडिएका पदाधिकारी र व्यक्तिहरुको भनाई सुन्नका लागि हामीले पत्र काटेका छौं’, समितिकी सदस्य सुवर्ण श्रेष्ठले भनिन्, ‘छलफलका क्रममा आवश्यक देखियो भने अन्य व्यक्तिहरुलाई पनि बोलाउनेछौं ।’

पत्र काटिएका लागि अलग अलग समय दिएर बोलाइएको श्रेष्ठले बताइन् । ‘हामीले मंगलबारबाट छलफल सुरु गर्दैछौं । सबैलाई अलग अलग समय दिएर बोलाएका छौं’, उनले थपिन्, ‘तीन दिन भित्रमा छलफल सक्ने योजनामा छौं ।’

नेम्बाङ र अलमुताइरीबीच गत मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने बताइएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । एन्फाले पनि विवाद समाधान गर्न नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस भएको थियो । मन्त्रालयले दिएको निर्देशन अनुसार राखेपले मंगलबार नै सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयाका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

त्यस विषयमा छलफल गर्न साउन १५ गते बसेको एन्फा केन्द्रिय समितिको आपतकालिन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको थियो ।साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीले पोखरामा बुधबारबाट प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।

दुई पक्षबीच आपसी सहमति भएपनि त्यसलाई छानबिन समितिले स्वीकार नगर्ने छानबिन समितिका संयोजक लाखेले बताए । ‘मन्त्रालयले राखेपलाई पत्र दिएपछि गठन भएको समितिले आफ्नो काम गर्छ’, उनले भने, ‘अब कसले कहाँ के विषयमा सहमत गर्छन् त्यसलाई छानबिन समितिले मान्यता दिदैन । समितिले आफ्नो काम अघि बढाउँछ ।’

यो पनि :

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.