default_image

3 years ago

August 10, 2021

पहिलो दिन एन्फा अध्यक्षसहित ३ जनाको बयान

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवादका विषयमा गठित छानबिन समितिले पहिलो दिन मंगलबार ३ जनाको बयान लिएको छ ।

घटनाका विषयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, सदस्य किरण राई र राखेपकी फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको राखेपद्वारा गठित छानबिन समिति सदस्य समेत रहेकी राखेप सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार बुधबारका लागि ४ र बाँकीलाई बिहीबारका लागि बयानका लागि बोलाइएको छ । बयानका क्रममा अन्य केहि व्यक्तिलाई पनि बयानमा बोलाउन पर्ने सम्भावना रहेको पनि श्रेष्ठले बताइन् ।

एन्फाको कार्यकारी समितिको आपकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यहि क्रममा समितिले मंगलबार बयान सुरु गरेको हो ।

नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी भएको छैन । अलमुताइरी सहमति भएकै दिन पोखरा गएका थिए ।

नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो । तर राखेपले छानबिन अघि बढाएपछि नेम्बाङ र अलमुताइरीको सहमति के हुने भन्ने प्रष्ट भएको छैन । साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गरेका थिए ।

एन्फाका पूर्व प्रवक्ता राईले आफूले दिएको बयानका बारेमा सञ्चारकर्मीलाई जानकारी दिए । उनले यो विवादको समाधान एन्फाबाहिर गएर खोजेकोमा असन्तुष्टि व्यक्त गरे । ‘एन्फामै अपिल कमिटी, अनुशासन कमिटी लगायतका कमिटी थियो । यस्ता घटनाका निम्ति त्यो कमिटी रहेको र विधानमा व्यवस्था गरिएको थियो । यो अलिकति ट्रयाक भन्दा बाहिर गयो भन्ने मेरो कुरा हो,’ उनले भने ।

‘बयान वा छानबिनमै गइसकेपछि आउनु नै उपयुक्त हुन्थ्यो भनेर नै बयान दिएको छु । मैले बयान दिने क्रममा त्यहाँ जे–जे घटना भएको हो । कुनै पनि पक्षमा नलागिकन सत्य तथ्य बयान दिएको छु । जे मेरो दृष्टिकोणमा सही लाग्यो या जे सत्य थियो त्यही बताएको छु,’ उनले थपे ।

राइले घटना सामान्य भएपनि सोचेभन्दा ठूलो भएको आशय व्यक्त गरे । ‘घटना हेर्दा एउटा लाइक गरेको आधारमा अलमुताइरीले पंकज नेम्वाङलाई गलत भयो वा मलाई टर्चर भयो भन्ने देखिन्छ । एउटा समाचारमा लाइक गरेको आधारमा आफ्नो संस्थाको वरिष्ठ उपाध्यक्षलाई कार्यलयमार्फत त्यो विषय सुल्झाउनुपर्नेमा सार्वजनिक रुपमा फेसबुकमार्फत आरोप लगाउनु भयो । त्यो चाहि अलिकति अनुशासित दायराभन्दा बाहिर गएको मैले देखें,’ उनले भने, ‘त्यसकारण गर्दा त्यो हिसावमा त्यो उहाँबाट त्रुटि भएको जस्तो लाग्छ । र मैले त्यो बीचमा जे परिघटना भएको थियो । त्यो विषयमा तथ्य र सत्यको आधारमा आफ्नो कुरा राखेको छु ।’

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.