default_image

3 years ago

August 13, 2021

प्रियिमर लिगको पहिलो खेलमा आर्सनल र ब्रेन्टफोर्ड खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२१–२२ आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रिमियर लिगको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा लन्डन क्लब आर्सनलले नव प्रवेशी ब्रेन्टफोर्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे ब्रेन्टफोर्डको घरेलु मैदानमा हुनेछ । दुवै टोली सफलता हात पार्दै सुखद् सुरुवात गर्ने दाउमा हुनेछ । म्यानचेस्टर […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२१–२२ आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रिमियर लिगको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा लन्डन क्लब आर्सनलले नव प्रवेशी ब्रेन्टफोर्डको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १२:४५ बजे ब्रेन्टफोर्डको घरेलु मैदानमा हुनेछ । दुवै टोली सफलता हात पार्दै सुखद् सुरुवात गर्ने दाउमा हुनेछ । म्यानचेस्टर सिटीले उपाधि जित्दा आर्सनल गत सिजन आठौं स्थानमा लिग अन्त्य गरेको थियो । उसले ३८ मध्ये १८ खेलमा जित निकालेको थियो । ब्रेन्टफर्ड भने गत सिजन च्याम्पियनसिपको प्लेअफ जितेपछि प्रिमियर लिगमा पहिलो सिजन खेल्दैछ ।

आर्सनलले ब्रेन्टफोर्डविरुद्ध एलेसान्द्रे लाकाजेट, पिएरे इमरिक औवामियाङ, निकोलस पेपे, बुकायो साका, इमिल स्मिथ रोवी, ग्रानिट झाका, पाब्लो मारी, हेक्टर बर्लिन, मोहम्मद इलाने र गोलरक्षक बर्न्ड लेनोलाई उतार्न सक्नेछ । नयाँ खेलाडी बेन ह्वाइटले पनि आर्सनलबाट डेब्यु गर्ने सम्भावना छ ।

यता, ब्रेन्टफोर्ड आफ्नो मैदानमा आर्सनललाई स्तब्ध पार्दै प्रिमियर लिगमा सुखद सुरुवात गर्ने योजनामा छ । फरवार्ड इभान टोनीले गत सिजन क्लबलाई बढुवा गराउन महत्त्वपूर्ण योगदान दिएका थिए । टोलीलाई उनीसँगै ब्रायन बेउमो, रिको हेनरी, फ्रान्क ओनेका, म्याड्स रोएरस्लेभइथान पिन्नक, पोन्टस जान्सन र गोलरक्षक डेभिड रायको साथ रहेको छ ।

पहिलो राउन्डअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले लिड्स, चेल्सीले क्रिस्टल प्यालेस, लेस्टर सिटीले वल्भ्स, लिभरपुलले नर्विच, एभर्टनले साउथह्याम्टन, वाट्फोर्डले एस्टन भिल्ला र बर्नलेले ब्राइटनसँग खेल्नेछ । तेस्रो दिन आइतबार न्यु क्यासल र वेस्ट ह्याम तथा टोटेनहम र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.