default_image

3 years ago

August 15, 2021

राष्ट्रिय टोलीबाट १७ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त रहेकाले सहभागी नै भएका थिएनन् । यस्तै एक खेलाडीलाई भने कोरोना संक्रमणका कारण टोलीमा नसमेटिएको एन्फाले जनाएको छ ।

नेपालले एएफसी एसियन कप २०२२ को छनोट चरणमा फिलिपिन्स र हङकङसँग उज्वेकिस्तानमा खेल्दैछ । पछिल्लो पटक राष्ट्रिय टोलीमा रहँदै आएकी रेखालाई पनि कोरोना संक्रमण भएको थियो । प्रशिक्षणमा जोडिएको केहि दिनमा नै उनलाई संक्रमण भएको थियो ।

यस्तै राष्ट्रिय टोलीकै डिफेन्डर कविता धिमाल पनि आर्मीबाट शान्ति सेना मिसनमा रहेकाले प्रशिक्षणमा उपस्थित रहिनन् । दोस्रो चरण पुग्न असफल हुनेमा सावित्री किसान, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई रहेकी छिन् ।

युवा खेलाडी प्रिती राई, अमिशा कार्की, सविता रानामगर, सिर्जना सिंह र हेमा चौधरीले दोस्रो चरणमा स्थान बनाएका छन् । सविता र अमिशाले पहिलोपटक बन्द प्रशिक्षणको दोस्रो चरणमा स्थान बनाएकी हुन् । प्रिती भने यसअघि १३औं साग गेम्सको अन्तिम छनोटबाट बाहिरिएकी थिइन् ।

२८ सदस्यीय टोली :

अन्जना रानामगर (गोलरक्षक), एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), उषा नाथ (गोलरक्षक), अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइवा, बिमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ (योन्जन), निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ, रेनुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.