default_image

3 years ago

August 15, 2021

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आज राति साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको भ्रमण गर्दैछ । टोटेनहम र सिटीबीचको खेल नेपाली समूह अनुसार राति ९ः१५ बजेपछि टोटेनहम हटस्पर स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम साविक विजेतालाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग ह्युङ […]

22 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आज राति साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको भ्रमण गर्दैछ ।

टोटेनहम र सिटीबीचको खेल नेपाली समूह अनुसार राति ९ः१५ बजेपछि टोटेनहम हटस्पर स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम साविक विजेतालाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

टोलीसँग ह्युङ मिन सन, डेल अली, स्टेभेन वर्गवाइन, लुकास मोउरा, जियो भानी लो सेल्सो, पिएरे इमिल होएबिएर, सर्जियो रेगुइलोन, एरिक डाएर, डाभिन्सन साञ्चेज, बेन डेभिस र गोलरक्षक ह्युगो लोरिस हुनेछन् । प्रशिक्षणमा ढिला गरी जोडिएको र पछिल्लो समय सरुवा हल्लाका कारण ह्यारी केनले खेल्ने सम्भावना न्युन छ ।

यता, टोटेनहम भ्रमणमा निस्कँदा साविक विजेता सिटी जित निकाल्दै उपाधि यात्रालाई जोगाउने लक्ष्यमा हुनेछ । टोलीसँग फेरान टोरेस, रियाद महारेज, इल्केए गुन्डोगान, फर्नान्डिन्हो, बर्नाडो सिल्भा, रुवेन डियास, जोन स्टोन्स, केल वाल्कर, जोओ क्यान्सेलो र गोलरक्षक इडर्सन मोराएस टोलीमा हुनेछ ।

यसै समरमा एस्टन भिल्लाबाट सिटी आएका ज्याक ग्रेलिसले टोटेनहमविरुद्ध खेल्ने सम्भावना छ । चोटका कारण गाब्रिय जेसस, केभिन डि ब्रुएन, फिल फोडेन र रहिम स्टर्लिङ टोलीमा हुनेछैनन् ।

यि दुई बीचको २६ खेलमा सिटी १६ खेलमा विजयी भएको छ । टोटेनहमले ७ खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा सिटीले जित निकालेको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा राति ६ः४५ बजे न्यु क्यासल युनाइटेड र वेस्टह्यामबीच प्रतिस्पर्धा हुँदैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.