default_image

3 years ago

August 15, 2021

कोस्टाले ब्राजिलमा खेल्ने

एजेन्सी – स्पेनिस फरवार्ड डिएगो कोस्टा ब्राजिली सिरी ‘ए’ क्लब एट्लेटिको मिनेइरोमा अनुबन्धित भएका छन् । पूर्व ब्राजिली फरवार्ड कोस्टाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको सम्झौता सकिएपछि ब्राजिलियन क्लब मिनेइरोमा अनुबन्धित भएका हुन् । गत डिसेम्बरदेखि नै एट्लेटिकोबाट खेल्ने अवसर नपाएका कोस्टालाई एट्लेटिको मिनेइरोले आइतबार फ्रि एजेन्टमार्फत २०२२ डिसेम्बरसम्मको लागि सम्झौता गरेको जनाएको छ । कोस्टा […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस फरवार्ड डिएगो कोस्टा ब्राजिली सिरी ‘ए’ क्लब एट्लेटिको मिनेइरोमा अनुबन्धित भएका छन् । पूर्व ब्राजिली फरवार्ड कोस्टाले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको सम्झौता सकिएपछि ब्राजिलियन क्लब मिनेइरोमा अनुबन्धित भएका हुन् ।

गत डिसेम्बरदेखि नै एट्लेटिकोबाट खेल्ने अवसर नपाएका कोस्टालाई एट्लेटिको मिनेइरोले आइतबार फ्रि एजेन्टमार्फत २०२२ डिसेम्बरसम्मको लागि सम्झौता गरेको जनाएको छ । कोस्टा सन् २०१८ मा इंग्लिस क्लब चेल्सीबाट एट्लेटिको आएका थिए । उनले एट्लेटिकोबाट ६१ खेलमा १२ गोल गरेका छन् ।

ब्राजिलमा जन्मिएर पनि ३२ वर्षीय कोस्टाले पहिलोपटक ब्राजिली क्लबबाट खेल्न लागेका हुन् । ब्राजिलका लागि भने कोस्टाले दुई खेल खेलेका छन् । सन् २०१३ मा स्पेनको नागरिकता पाएपछि कोस्टाले स्पेनबाट खेल्दै आएका छन् । ब्राजिलको राष्ट्रिय टोलीमा अवसर नपाएपछि उनले स्पेनबाट खेल्ने निर्णय लिएका थिए । स्पेनको लागि उनले २४ खेलमा १० गोल गरेका छन् । सन् २०१८ यता कोस्टाले स्पेनिस टोलीमा स्थान बनाउन सकेका छैनन् ।

व्यावसायिक खेल करियरमा ८ बढी क्लबबाट खेलेका कोस्टाले चेल्सीबाट दुई प्रिमियर लिग र एकपटक फुटबल लिग कप जितेका छन् । एट्लेटिकोबाट दुई ला लिगा, तीन युइएफए सुपरकप, एक युरोपा लिग र एक कोपा डेल रे जितेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.