default_image

4 years ago

August 17, 2021

एकै दिन फुटबल र क्रिकेटका पाँच ठूला डर्बी

218 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीका कारण गत वर्ष एक समय ठप्प भएको खेलकुद बिस्तारै गति लिने क्रममा छ । नेपालको हकमा भने कोरोना त्रास कायम राखेका कारण घरेलु खेलकुद चलायमान बनेको छैन । यस्तोमा नेपाली खेलप्रेमी दर्शक अन्तर्राष्ट्रिय खेलकुदमै रमाइरहेका छन् ।

जापानमा गत साता सम्पन्न टोकियो २०२० ओलम्पिकले पनि विश्व खेलकुद अब सामान्य अवस्थातर्फ अघि बढ्ने संकेत दिएको छ । युरोपका शीर्ष फुटबल लिगहरु समर्थककै उपस्थितिमा हुँदा खेलको रौनक पुन फर्किएको आभास हुन थालेको छ । यसै साताबाट युरोपका शीर्ष लिग सुरु भएसँगै कोरोनाको प्रभाव हटेको आभास हुन थालेको छ । क्रिकेटमा पनि अन्तर्राष्ट्रिय सिरिज सुचारु भएका छन् ।

यसैक्रममा खेलप्रेमीको लागि अक्टोबर २४ को दिन पाँच ठूला डर्बी हुने भएको छ । फुटबलतर्फ युरोपको शीर्ष लिगमध्य ४ ठूला डर्बी हुँदा विश्व क्रिकेटकै सर्वाधिक प्रतीक्षा गरिएको खेल एकै दिन हुने भएको छ । डर्बी भन्नाले कुनैपनि लिग वा प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छिमेकी टोली भनिन्छ । धेरैजसो भौगोलिक दुरीमा नजिक भएको टोलीबीच हुने खेललाई डर्बी भनिन्छ भने दुई ठूला सफल टोलीको इतिहास छ भनेपनि त्यसलाई डर्बीको रुपमा लिइन्छ ।

अक्टोबर २४ को दिन इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे सुरु हुनेछ । यो खेललाई इंग्ल्यान्डमा नर्थ वेस्ट डर्बी भनिन्छ । एकै क्षेत्रको टोली र लिग उपाधि इतिहासमा पनि नजिकको प्रतिद्वन्द्वी रहेकाले यो खेल लिगकै उत्कृष्ट मध्यमा पर्दछ ।

त्यस्तै स्पेनिस ला लिगामा सोहि दिन एल क्लासिको हुँदैछ । स्पेनिस फुटबलका सफल दुई टोली रियल म्याड्रिड र बार्सिलोना खेल्ने एल क्लासिको विश्व फुटबलले नै निकै प्रतीक्षा गर्ने खेल हो । यो खेल नेपाली समयअनुसार रातको ११:४५ बजे सुरु हुनेछ ।

इटालीमा यसै दिन उपाधिका दुई दाबेदार इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुनेछ । गत सिजन इन्टरले युभेन्टसको दशक लामो वर्चस्व तोड्दै लिग उपाधि जितेको थियो । यो खेल रातको ११:१५ बजे हुने हालको तालिका रहेको छ ।

अर्को तर्फ फ्रान्सेली लिगमा मार्से र पेरिस सेन्ट जर्मेन भिड्नेछन् । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पिएसजी पुगेपछि अब यो खेल थप रोमान्चक बन्ने पक्का छ । मार्से र पिएसजीका समर्थकबीच पटक पटक हिंसात्मक भिडन्त समेत हुने गरेको छ । यो खेल रातको ११:४५ बजे हुनेछ ।

क्रिकेटमा सोहि दिन टि२० विश्वकप अन्तर्गत भारत र पाकिस्तान खेल्दैछन् । हालसम्म विश्वकप खेलमा भारतलाई हराउन नसकेको पाकिस्तान यसपटक त्यो कीर्तिमान तोड्ने प्रयासमा हुनेछ । त्यस्तै भारत भने कोहलीको कप्तानीमा पहिलो विश्वकप जित्न आतुर छ । यो खेल नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुनेछ ।

२४ अक्टोबरको खेल तालिका :

म्यान्चेस्टर युनाइटेड विरुद्ध लिभरपुल – रातको ९:१५ बजे

इन्टर मिलान विरुद्ध युभेन्टस – रातको ११:१५ बजे

बार्सिलोना विरुद्ध रियल म्याड्रिड – रातको ११:४५ बजे

मार्से विरुद्ध पिएसजी – रातको ११:४५ बजे

भारत विरुद्ध पाकिस्तान – रातको ७:४५ बजे

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.