default_image

3 years ago

August 18, 2021

च्याम्पियन्स लिग प्लेअफ पहिलो लेग राउन्ड अप

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा मोल्दोभाको एफसी सेरिफ टिरासपोल, युक्रेनी क्लब साख्तर डोनेस्क र अष्ट्रियन क्लब साल्जवर्गले सफलता हात पारेका छन् । मंगलबार राति मोल्दोभाको एफसी सेरिफ टिरासपोलले प्ले अफको पहिलो लेगको खेलमा क्रोएसियन क्लब डिनामो जाग्रिवलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ […]

48 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा मोल्दोभाको एफसी सेरिफ टिरासपोल, युक्रेनी क्लब साख्तर डोनेस्क र अष्ट्रियन क्लब साल्जवर्गले सफलता हात पारेका छन् ।

मंगलबार राति मोल्दोभाको एफसी सेरिफ टिरासपोलले प्ले अफको पहिलो लेगको खेलमा क्रोएसियन क्लब डिनामो जाग्रिवलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सेरिफको जितमा एडमा ट्राओरेले दुई तथा डिमिट्रिस कोलोभोसले एक गोल गरे ।

खेलमा ३८ प्रतिशत बल पोसेसन राखेको सेरिफले चार सट प्रहार गर्दा तीन गोल गर्न सफल भएको थियो । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके एफसी सेरिफ क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

अर्काे खेलमा फ्रान्सेली क्लब मोनाको घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–० ले पराजित भएको छ । साख्तरको जितमा पेडरिन्होले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

अर्काे खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले डेनिस क्लब ब्रोन्डवी आइएफमाथि २–१ को पूनरागमन जित निकालेको छ । चौथो मिनेटमा मिकाइल उह्रेको गोलबाट पछि परेको साल्जवर्गले दोस्रो हाफमा करिम एडियानी र ब्रेन्डेन आरोन्सनको गोलबाट जित निकाल्न सफल भएको हो । दोस्रो लेगमा यही नतिजा कायम राख्ने सके साल्जवर्ग च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

आज (बुधबार) राति तीन खेलमा प्रतिस्पर्धा हुदैछ । बेन्फिका र पीएसभी इन्डहोभेन, माल्मो र लुडागोेरेट्स राजग्राड तथा योङ ब्वाइज र फेरेन्कभारोसबीच प्रतिस्पर्धा हुँदैछ ।

प्लेअफबाट ६ टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो लेगका खेलहरु २४ र २५ अगस्टमा राति हुनेछ । २६ अगस्टमा च्याम्पियन्स लिगको समूह विभाजन हुदैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.