default_image

3 years ago

August 19, 2021

च्याम्पियन्स लिग प्लेअफ राउन्ड अप

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिका, स्वीडिस क्लब माल्मो र स्विस क्लब योङ ब्वाइजले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा बेन्फिकाले घरेलु मैदानमा डच क्लब पीएसभी इन्डोभेनलाई २–१ ले पराजित गरेको हो । बेन्फिकाको जितमा राफा सिल्भा र जुलियन वेगलले गोल गरे । इन्डोभेनका कोडी गाक्पोले […]

49 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिका, स्वीडिस क्लब माल्मो र स्विस क्लब योङ ब्वाइजले सफलता हात पारेका छन् ।

बुधबार राति भएको खेलमा बेन्फिकाले घरेलु मैदानमा डच क्लब पीएसभी इन्डोभेनलाई २–१ ले पराजित गरेको हो । बेन्फिकाको जितमा राफा सिल्भा र जुलियन वेगलले गोल गरे । इन्डोभेनका कोडी गाक्पोले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा राफा सिल्भाको गोलबाट बेन्फिकाले अग्रता लिएको थियो । उनले रोमन यारेम चुकको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा जुलियनले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि पीएसभीले हार टार्न सकेन ।

अर्काे खेलमा स्वीडिस क्लब माल्मोले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई २–० ले पराजित गरेको छ । घरेलु टोलीको जितमा भेल्ज्को विरमानसेभिक र जो इनगे बरगेटले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

यस्तै अर्काे खेलमा १० खेलाडीमा समेटिएको स्विस क्लब योङ ब्वाइजले हंगेरीको फेरेन्कभारोसमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । योङ ब्वाइजको जितमा मेस्चाक इलिया, भिन्सेन्ट सिरो र युलिसेस गर्सियाले गोल गरे । फेरेन्कभारोसका फ्रान्क वोलीले दुवै गोल गरे ।

खेलको १४औं मिनेटमा फ्रान्क वोलीको गोलबाट फेरेन्कभारोसले अग्रता लिएको थियो । १६औं मिनेटमा मेस्चाक इलियाले बराबरी गोल फर्काए । २५औं मिनेटमा सिल्भान हेफ्टी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा समेटिन पुग्यो । त्यसमै प्राप्त पेनाल्टीमा मेट्रो युजुनी चुक्दा फेरेन्कभारोसले अग्रता लिने सुवर्ण अवसर गुमायो ।

४०औं मिनेटमा युलिसेसले गोल गर्दै योङ ब्वाइजलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ८२औं मिनेटमा फ्रान्क वोलीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा योङ ब्वाइजले जित निकाल्न सफल भयो ।

जितसँगै सबै तीन टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगका खेल २४ अगस्टको राति हुनेछ ।

मंगलबार राति मोल्दोभाको एफसी सेरिफ टिरासपोल, युक्रेनी क्लब साख्तर डोनेस्क र अष्ट्रियन क्लब साल्जवर्गले सफलता हात पारेका थिए । यि टोलीका खेल २५ अगस्टको राति हुनेछ ।

प्लेअफबाट ६ टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछन् । २६ अगस्टमा च्याम्पियन्स लिगको समूह विभाजन तथा खेल तालिका सार्वजनिक हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.