default_image

3 years ago

August 19, 2021

रियलको प्राथमिकता एमबाप्पे नभए हालान्ड

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार बन्द हुन अब दुई साता बाँकी छ । यस्तो रियल म्याड्रिडको प्राथमिकतामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई भित्राउनु रहेको छ । तर, रियलको त्यो मात्र योजना छैन । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले २२ वर्षे एमबाप्पे र बोरुसिया डटमर्डका २१ वर्षे फरवार्ड इर्लिङ हालान्डका बारेमा पनि […]

75 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार बन्द हुन अब दुई साता बाँकी छ । यस्तो रियल म्याड्रिडको प्राथमिकतामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई भित्राउनु रहेको छ । तर, रियलको त्यो मात्र योजना छैन ।

रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले २२ वर्षे एमबाप्पे र बोरुसिया डटमर्डका २१ वर्षे फरवार्ड इर्लिङ हालान्डका बारेमा पनि सोचेका थिए । यी दुई फरवार्ड अहिलेका प्रतिभावान युवा फरवार्डमा पर्छन् । यी खेलाडीलाई भित्राउन सकेको अवस्थामा आउने एक दशक युरोपियन फुटबलमा दबदबा बनाउन सकिने विश्वास रियलको छ ।

क्रिस्टियानो रोनाल्डोको पूनरागमनका विषयमा चलेको चर्चाको जवाफमा रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफूहरुले रोनाल्डोबारे नसोचेको बताएका थिए । अप्रिल १ मा इर्लिङका पिता अल्फिगी हालान्ड र उनका एजेन्ट राइलो दुई बैठकका लागि स्पेन पुगेका थिए । बिहान उनीहरुले बार्सिलोनाका अध्यक्ष जोन लार्पोटासँग भेट गरेका थिए । तर त्यो बैठक प्रभावकारी हुन नसकेको बताइएको थियो ।

त्यसै दिनमा रियलका जोसे एन्जेल सान्चेज र जुनी कालाफाटसँग भएको उनीहरुको भेट भने गम्भिर रहेको बताइन्छ । हालार्डलाई भित्राउनका लागि क्लबहरुको आर्थिक अवस्थाका बारेमा दुई बैठकमा छलफल भएको थियो । जसमा बार्सिलोना त्यसका लागि सक्षम देखिएन भने रियल देखियो । लार्पोटा आफ्नो क्लबको आर्थिक अवस्था कमजोर भएको लुकाउन चाहन्थे । पेरेज भने साच्चै खेलाडी भित्राउन चाहिरहेका थिए ।

खेलाडी भित्राउनका लागि हाल रियलसँग २ सय मिलियन युरो उपलब्ध छ । त्यसअर्थ रियल १ सय ६० मिलियनसम्म पनि खर्च गर्न तयार छ । त्यस्तो हुँदा ७५ देखि ९० मिलियन युरोमा अर्को सिजन हालान्डलाई भित्राउन सकिनेछ । तर, परिस्थिति सधै एकनाश छैन । यदि पिएसजीका अध्यक्ष नासिर अफ खालिफाले रियलको प्रस्ताव नसुनेको खण्डमा हालान्ड टोलीको पहिलो प्राथमिकतामा पर्नेछन् ।

त्यस्तो अवस्थामा डर्टमुन्डसँग छलफल गर्नुपर्ने हुन्छ । जर्मन टोली पनि हालान्डलाई तत्काल विक्री गर्न चाहदैन । तर, अर्को सिजन कुर्दा केहि रकम गुम्ने खतरा भएकोले टोलीले त्यसमा पुनर्विचार पनि गर्ने सम्भावना रहेको बताइन्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.