default_image

3 years ago

August 20, 2021

पेड्रो शहरी प्रतिद्धन्द्धी रोमाबाट लाजियोमा

एजेन्सी – स्पेनिस विंगर फरवार्ड पेड्रो रोड्रिग्वेज इटालियन क्लब रोमाबाट लाजियोमा अनुबन्धित भएका छन् ।पेड्रोको लाजियो प्रस्थानले इटालीको राजधानी रोमका दुई शहरी प्रतिद्धन्द्धी क्लब रोमा र लाजियोबीच ४० वर्षपछि पहिलोपटक खेलाडी किनबेच भएको हो । सन् १९८१ मा कार्लाे पेरोन लाजियोबाट रोमा पुगेका थिए । लगत्तै अर्काे सिजन पेरोन पुनः लाजियो नै फर्किएक थिए । […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस विंगर फरवार्ड पेड्रो रोड्रिग्वेज इटालियन क्लब रोमाबाट लाजियोमा अनुबन्धित भएका छन् ।पेड्रोको लाजियो प्रस्थानले इटालीको राजधानी रोमका दुई शहरी प्रतिद्धन्द्धी क्लब रोमा र लाजियोबीच ४० वर्षपछि पहिलोपटक खेलाडी किनबेच भएको हो ।

सन् १९८१ मा कार्लाे पेरोन लाजियोबाट रोमा पुगेका थिए । लगत्तै अर्काे सिजन पेरोन पुनः लाजियो नै फर्किएक थिए । क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सीका पुर्व फरवार्ड पेड्रो फ्रि एजेन्टमा लाजियोमा अनुबन्धित भएका हुन् । प्रशिक्षक जोसे मौरिन्होको योजनामा नरहेपछि पेड्रोले एक सिजनमै रोमा छाडेका हुन् । उनले लाजियोमा ९ नम्वरकै जर्सी लगाउनेछन् ।

लाजियोमा पुगेसँगै पेड्रो र आफ्नो पुर्व प्रशिक्षक मौरिसियो सार्रीबीच पुनः पुनर्मिलन हुने भएको छ । सार्री र पेड्रो सन् २०१९ मा इंग्लिस क्लब चेल्सीमा रहेका थिए । प्रशिक्षक सार्रीलाई पेड्रोको क्षमताबारे राम्ररी जानकारी रहेको छ । लाजियोमा अभाव रहेको विंगर फरवार्डको पोजिसन पेड्रोले परिपुर्ति गर्न सक्ने क्लबले जनाएको छ ।

रिपोर्टअनुसार सम्झौताबाट रोमा र लाजियोसँगै खेलाडी पनि खुशी रहेको बताइएको छ । यि दुई क्लबबीच मैदान भित्र र बाहिर उत्तिकै प्रतिस्पर्धा हुने गर्दछ । सोही कारण पनि यि दुई क्लबबीच खेलाडी सरुवा निकै टाढाको विषय हो । यि दुई क्लबका समर्थकहरु एक अर्काेबीच झडपकै स्थितिमा पुग्ने गरेको इतिहास छ । त्यसैले पनि यि दुई क्लब कट्टर प्रतिद्धन्द्धी क्लबको रुपमा रहेका छन् ।

सन् २०१७ मा स्पेनको राष्ट्रिय टोलीबाट सन्न्यास लिएका ३४ वर्षीय पेड्रोले रोमाबाट गत सिजन ४० खेलमा ६ गोल गरेका छन् । बार्सिलोनाको युथ एकेडेमीका हुर्र्किएका पेड्रोले बार्सिलोनाबाट ५ ला लिगा, ३ कोपा डेल रे, ४ स्पेनिस सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ स्पेनिस सुपर कप र दुई फिफा क्लब विश्वकप जितेका छन् । यस्तै चेल्सीबाट समान एक प्रिमियर लिग, एफए कप र युरोपा लिग जितेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.