default_image

3 years ago

August 20, 2021

सी डिभिजन छनोटको तालिका सार्वजनिक

काठमाडौ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्जनिक गरेको छ । शुक्रबार एन्फा परिसरले सातदोबाटोमा एक कार्यक्रममाझ खेल तालिका निर्धारण गरिएको हो । भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् […]

35 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्जनिक गरेको छ ।

शुक्रबार एन्फा परिसरले सातदोबाटोमा एक कार्यक्रममाझ खेल तालिका निर्धारण गरिएको हो । भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।

यसअघि एन्फाले २५ जिल्लाका ७९ क्लब सहभागी हुने भनिएता पनि तालिका सार्वजनिक हुनुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको थियो । उसका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने जानकारी दिए । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् ।

हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन ।

तालिका सार्वजनिक कार्यक्रममा बोल्दै एन्फा लिग संयोजक बिज्ञान राज शर्माले सी छनोटमा क्लबहरुको सहभागिता उल्लेख्य रहेको र आगामी बर्षमा झनै बढ्ने बताए । यस्तै उनले अर्को बर्षबाट पायक पर्ने प्रदेशमा छनोट खेल खेलाउने प्रतिवद्धता समेत जाहिर गरे ।’यस पटक उल्लेख्य क्लबहरुको सहभागीता रहेको छ । अर्को सिजन झनै बढ्नेमा विश्वस्त छौं । यो पटक हामीले तयारी गर्न नसकेपनि अर्को पटक पायक पर्ने प्रदेशमा खेल आयोजना गर्नेछौं, ‘शर्माले भने । यस्तै शर्माले सी छनोटमा खेलाडीले राम्रो प्रदर्शन गरे नेपाल सुपर लिगमा खेलाडीको स्थान रहेको बताए ।

लिग कमिटीका निर्देशक संजिब मिश्रले क्लब आफैले खेलाडीको विमा गर्नुपर्ने बताए । यस्तैउनले भ्याक्सिन लगाएको खेलाडीले पीसीआर गर्नु नपर्ने र दर्शक विनानै खेल आयोजना हुने बताए । खुला आवेदनमार्फत आयोजना हुन लागेको छनोट प्रतियोगितामा बागमती प्रदेशबाट ६१ क्लब, प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट दुई दुई क्लब रहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.