default_image

3 years ago

August 21, 2021

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा नर्विच सिटीमाथि ५–० को सानदार जित हात पारेको छ । पहिलो खेलमा टोटेनहम हटस्परसँग हार बेहोरेको सिटीको फराकिलो जितमा ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा […]

62 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा नर्विच सिटीमाथि ५–० को सानदार जित हात पारेको छ ।

पहिलो खेलमा टोटेनहम हटस्परसँग हार बेहोरेको सिटीको फराकिलो जितमा ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।

इतिहाद स्टेडियममा खेलको सातौं मिनेटमा नै टिम क्रुलको आत्मघाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । ग्रान्ट हान्लीले क्रस बचाउने सुरमा बल क्रुललाई लाग्दै आफ्नै पोस्टमा गोल हुने पुगेको थियो । १५औं मिनेटमा फेरान टोरेसले गोल गरेपनि उक्त गोलको मुभमा भिएआरमा फउल देखिएको थियो । २२औं मिनेटमा यसै समरमा एस्टन भिल्लाबाट सिटी आएका ग्रेलिसले सिटीको लागि डेब्यु गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले गाब्रियल जेससको क्रसमा गोल गरेका थिए ।

६४औं मिनेटमा एमेरिक लापोर्टले गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ७१औं मिनेटमा वैकल्पिक खेलाडी रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ४–० ले अघि बढाए । ६१औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका रहिमले जेससकै पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा अर्का सब्सिच्युट रियाद महारेजले गोल गर्दै सिटीलाई ५–० को सानदार जित दिलाए । ७५औं मिनेटमा ज्याक ग्रेलिसको स्थानमा मैदान छिरेका महारेजले रुवेन डियासको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै सिटीले दुई खेलबाट ३ अंक जोडेको छ । नर्विचले दुई खेलबाट अंक जोड्न सकेको छैन ।

अन्य नतिजा

एस्टन भिल्लाविरुद्ध न्युक्यासल (–०)

क्रिस्टल प्यालेसविरुद्ध ब्रेन्टफोर्ड (०–०)

लिड्सविरुद्ध एभर्टन (२–२)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.