default_image

3 years ago

August 25, 2021

छानविनको निष्कर्ष – अलमुताइरीले आचारणमा सुधार गर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानविन समितिले निष्कर्ष निकालेको छ । एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । मितिले झन्डै ३ साता लगाएर तयार पार्दै […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानविन समितिले निष्कर्ष निकालेको छ ।

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । मितिले झन्डै ३ साता लगाएर तयार पार्दै बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा समेटेको छ ।

साउन ७ गतेको एउटा घटना बढ्दै जाँदा फुटबलमा त्यसले ठूलो विवादका रुपम लिएको थियो । दुई सञ्चारकर्मीसँगको आफ्नो विवादमा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई पनि तानेपछि विवादको श्रृखंला लम्बिदै गएको थियो । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।

अलमुताइरीले नामै तोकेर नेम्बाङलाई विवादमा तान्नुलाई नै समितिले व्यवहारिक आचारणमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको देखिन्छ । एन्फा आफै आन्तरिक विवाद समाधानका लागि असफल देखिएपछि युवा तथा खेलकुद मन्त्रालय हुँदै राखेपले छानविन समिति गठन गर्नुपरेको थियो ।

अलमुताइरीले पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने समितिले सुझाव दिएको छ । अलमुताईरीले एन्फासंग गरेको संझौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनैपनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक संजाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारण सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै सचेत गराउनुपर्ने देखिन्छ, समितिको सुझावमा उल्लेख छ ।
संचारकर्मीले प्रशिक्षकसंग अन्तरवार्ता वा धारणा लिनुपरेमा एन्फाको सूचना अधिकारी अथवा व्यवस्थापकसंग पूर्व अनुमति लिएर मात्र सम्पर्क गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ समितिले भनेको छ, साथै प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्यय गर्नुपर्ने छ ।

व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्याहरुलाई तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउनु पर्नेछ खेल क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने, समितिले भनेको छ । संचारकर्मीसँगको विवादका सम्बन्धमा भने समितिले दुवै पक्ष राखेर ७ दिनभित्र सुल्झाउन राखेपले निर्देशन दिनुपर्ने सुझाव दिएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.