default_image

3 years ago

August 27, 2021

एमबाप्पे रियल जाने लगभग निश्चित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको बताइएको छ । रियलले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पिएसजी उनलाई बेच्न तयार भएको जनाएको छ । यसमा एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन […]

77 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको बताइएको छ ।

रियलले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पिएसजी उनलाई बेच्न तयार भएको जनाएको छ । यसमा एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन गरेको आग्रहले पनि भूमिका खेलेको बुझिन्छ । यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको रियलले पछिल्लो पटक १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ ।

एमबाप्पेको रियलबाट खेल्ने बच्चै देखिको सपना पूरा हुने सम्भावना बलियो देखिएको छ । शुक्रबार नै उनको सरुवाको घोषणा हुने सम्भावना छ । विश्वकप विजेता एमबाप्पे अन्तर्राष्ट्रिय विश्राम अघि नै रियलमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

पिएसजीका अध्यक्ष नासिर अल खालिफाले च्याम्पियन्स लिगको समूह विभाजनपछि एमबाप्पेका कारण परिस्थिति असहज भएको बताएका थिए । यद्दपी उनले एमबाप्पेले पिएसजी छाड्ने चर्चा अस्वीकार गरेका थिए । रियलले भने सरुवा बजारको नियम अनुसार नै सबै काम भइरहेको विश्वास गरेको छ ।

एमबाप्पे आफै पनि चाँडो भन्दा चाँडो रियलमा आबद्द हुन चाहन्छन् । त्यसका लागि पिएसजी पनि अन्ततः तयार भएको विश्वास गरिएको छ । यदि रिम्सविरुद्ध हुने लिग वानको खेलअघि एमबाप्पेको सरुवा घोषणा भएन भने सायद माउरिसियो पोचेटिनोको टोलीमा उनी हुने छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.