default_image

3 years ago

August 28, 2021

कासिमेरो २०२५ सम्म रियलमै रहने

एजेन्सी – रियल म्याड्रिडले टोलीका स्टार ब्राजिलियन कासिमेरोसँगको सम्झौता नविकरण गरेको छ । अब सन् २०२५ सम्म उनी रियलमा हुनेछन् । कासिमेरोको अहिलेको सम्झौता २०२३ सम्म रहेको थियो । लुका मोड्रिच, डानी कार्भाजाल, लुकास भाज्क्वेजको बाटो पछ्याउँदै सम्झौता सकिनुअघि नै नविकरण गरेका छन् । त्यस्तै करिम बेन्जेमा, थिबाओट कोर्टियोस र फेडे भाल्भेर्डेले पनि सम्झौता नविकरण […]

33 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले टोलीका स्टार ब्राजिलियन कासिमेरोसँगको सम्झौता नविकरण गरेको छ । अब सन् २०२५ सम्म उनी रियलमा हुनेछन् ।

कासिमेरोको अहिलेको सम्झौता २०२३ सम्म रहेको थियो । लुका मोड्रिच, डानी कार्भाजाल, लुकास भाज्क्वेजको बाटो पछ्याउँदै सम्झौता सकिनुअघि नै नविकरण गरेका छन् । त्यस्तै करिम बेन्जेमा, थिबाओट कोर्टियोस र फेडे भाल्भेर्डेले पनि सम्झौता नविकरण गरिसकेका छन् ।

कासिमेरो २०१३ मा रियलमा आबद्ध भएका थिए । २०१४/१५ को सिजनमा भने उनी पोर्टोमा गएका थिए । त्यसपछि भने उनी टोलीका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् । मोड्रिच, टोनी क्रुस र कासिमेरोको सहकार्यले टोलीलाई उच्च प्रदर्शनमा सहयोग पुगेको विश्वास गरिन्छ ।

कासिमेरोको १४ उपाधि

कासिमेरोले रियलबाट २ सय ८८ खेल खेलिसकेका छन् । टोलीका लागि ३० गोल गरेका छन् । ४ वटा च्याम्पियन्स लिगसहित उनले रियलका लागि १४ उपाधि जितिसकेका छन् । मैदानको मध्येभागमा उनले जसरी खेल्छन् त्यो धेरैले बुझ्दैनन् । तर उनी हरेक सिजन नियमित पहिलो रोजाईमा रहने गरेका छन् । सम्झौता नविकरणसँगै २९ वर्षे उनले आफ्नो महत्वपूर्ण समय रियलमा बिताउने निश्चित भएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.