default_image

3 years ago

August 28, 2021

म्यानचेस्टर सिटीलाई आर्सनलको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदा साविकको विजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लन्डन क्लब आर्सनलको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार साँझ ५:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा सिटी यो सिजनको सुरुवाती दुई खेल गुमाइसकेको आर्सनललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ […]

80 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदा साविकको विजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लन्डन क्लब आर्सनलको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार साँझ ५:१५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा सिटी यो सिजनको सुरुवाती दुई खेल गुमाइसकेको आर्सनललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । सिटीले दुई खेलमा समान एक जित र हारका साथ ३ अंक जोडेको छ । सिटी पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध हुदा दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो ।

तर आर्सनलविरुद्धको खेलमा प्रमुख मिडफिल्डर केभिन डि ब्रुएन टोलीमा हुनेछैनन् । उनले नर्विचविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए । उनी बेल्जियमको राष्ट्रिय टोलीमा पनि उपलब्ध हुनेछैन । अनुशासनको कारवाहीमा रहेका बेन्जामिन मेन्डीसँगै फिल फोडेन र एन्जल हेरेरा पनि चोटकै कारण टोलीमा हुने छैनन् ।

सिटीसँग रहिम स्टर्लिङ, फेरान टोरेस, गाब्रियल जेसस, ज्याक ग्रेलिस, रोड्री, इल्केए गुन्डोगान, जोओ क्यान्सिलो, रुवेन डियास, एमेरिक लापोर्टा, केल वाल्कर र गोलरक्षकमा इडर्सन मोराएस रहेका छन् । रहिमले आर्सनलविरुद्ध पछिल्लो ४ खेलमा निरन्तर गोल गरेका छन् । नर्विचविरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गरेका जेसस र यसै समरमा सिटी आएका ग्रेलिस टोलीका लागि मुख्य हतियार हुनेछन् ।

यता, खराब सुरुवात गरेको आर्सनल म्यानचेस्टर सिटीलाई उसकै मैदानमा स्तब्ध पार्दै प्रिमियर लिगमा पहिलो अंकको खोजीमा हुनेछ । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो । इएफएल कपमा च्याम्पियनसिप टोली वेस्ट ब्रुमलाई ६–० ले पराजित गर्दै आर्सनलले सिटीविरुद्ध तयार रहेको संकेत दिएको छ ।

युवा मिडफिल्डर बुकायो साका चोटमुक्त भएपछि सिटीविरुद्ध खेल्ने सम्भावना छ । कप्तान पिएरे एमेरिक औवामियाङ, मार्टिन ओडेगार्ड, इमिल स्मिथ रोवी, ग्रानिट झाका, अल्वर्ट साम्वी लोकोङ्गा, पाब्लो मारी, रोब होल्डिङ, सेडरिक सोराएस र गोलरक्षक बन्ड लेनो टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३१ खेलको नतिजामा म्यानचेस्टर सिटी १६ खेलमा विजयी भएको छ । आर्सनलले ९ खेल आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ । १९ जुलाई २०२० मा भएको एफए कपको सेमिफाइनलमा २–० ले पराजित भएयता सिटीले पछिल्लो तीन खेलमा आर्सनलसँग हार बेहोरेको छैन ।

अन्य खेल :

एस्टन भिल्लाविरुद्ध ब्रेन्टफर्ड (राति ७:४५ बजे)

ब्राइटनविरुद्ध एभर्टन (राति ७:४५ बजे)

न्युक्यासलविरुद्ध साउथह्याम्टन (राति ७:४५ बजे)

नर्विच सिटीविरुद्ध लेस्टर सिटी (राति ७:४५ बजे)

वेस्ट ह्यामविरुद्ध क्रिस्टल प्यालेस (राति ७:४५ बजे)

लिभरपुलविरुद्ध चेल्सी (राति १०:१५ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.