default_image

3 years ago

August 31, 2021

ब्राजिली विलियनले आर्सनल छाडे

एजेन्सी – ब्राजिली विंगर विलियन इंग्लिस क्लब आर्सनल छाड्दै आफ्नो पुर्व क्लब कोरिन्थिएन्समा अनुबन्धित भएका छन् । ३३ वर्षीय विलियनले आर्सनलसँगको सम्झौता अझै दुई वर्ष बाँकी रहँदा त्यसलाई रद्द गर्दै आफ्नो बाल्यकालको क्लब कोरिन्थिएन्सा पुगेका हुन् । विलियन गत सिजन इंग्लिस क्लब चेल्सीबाट ३ वर्षको सम्झौता गर्दै आर्सनल पुगेका थिए । आर्सनलमा गत सिजन ३७ खेलमा मौका पाएपनि […]

51 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर विलियन इंग्लिस क्लब आर्सनल छाड्दै आफ्नो पुर्व क्लब कोरिन्थिएन्समा अनुबन्धित भएका छन् । ३३ वर्षीय विलियनले आर्सनलसँगको सम्झौता अझै दुई वर्ष बाँकी रहँदा त्यसलाई रद्द गर्दै आफ्नो बाल्यकालको क्लब कोरिन्थिएन्सा पुगेका हुन् ।

विलियन गत सिजन इंग्लिस क्लब चेल्सीबाट ३ वर्षको सम्झौता गर्दै आर्सनल पुगेका थिए । आर्सनलमा गत सिजन ३७ खेलमा मौका पाएपनि उनले आफ्नो प्रभाव देखाउन सकेनन् । उनले एक गोल मात्रै गरेका थिए । विलियनसँगको छलफलपछि आर्सनलले विज्ञप्ति जारी गर्दै विलियनसँगको सम्झौता रद्द गरिएको र उनलाई भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

‘मलाई यो अवसर दिएकोमा म आर्सनललाई धेरै धन्यवाद दिन चहान्छु । दुर्भाग्यवस मैदानमा हामीले सोचेजस्तो गर्न सकेनौं । मैले धेरै आलोचना पाएको छु,’ विलियनले भने, ‘खेल एउटा हिस्सा हो । म आफ्नो खेलको विषयलाई स्वीकार्दछु । म सधैं जित्न चहान्छु । तर आर्सनलमा त्यो हुन सकेन । म २०१३ मा इंग्ल्यान्ड आएको थिए । मैले यहाँ हरेक मिनेट हरेक समय आनन्द उठाएको छु । म सबैलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई प्रिमियर लिग खेल्न मद्दत गरेको छ ।’

विलियनले आर्सनल छोड्ने निर्णय गरेसँगै आर्सनललाई आर्थिक बोझ कम भएको छ । विलियनले साप्ताहिक रुपमा १ लाख ५० हजार पाउन्ड बुझ्दै आएका थिए । यसको अर्थ विलियनले आर्सनलको वार्षिक २० मिलियन पाउन्ड जोगाइदिएका छन् ।

कोरिन्थिएन्समा आफ्नो खेल प्रतिभा निखारेका विलियनले १९९८ देखि २००७ सम्म खेलेका थिए । त्यसपछि उनी युक्रेनी क्लब साख्तर डोनेस्क पुगेका थिए । साख्तरमा ७ सिजन बिताएपछि उनले केही समय रसियन क्लब एन्जि माखाचाख्लामा लोनमा खेलेक थिए ।

त्यसपछि उनी लन्डन क्लब चेल्सी पुगेका थिए । उनले चेल्सीबाट ३३९ खेलमा ६३ गोल गरेका छन् । उनले चेल्सीबाट दुईपटक प्रिमियर लिग, एकपटक एफए कप, लिग कप र युरोपा लिग जितेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.