default_image

3 years ago

August 31, 2021

रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । ३६ वर्षीय रोनाल्डोलाई २० मिलियन पाउन्डमा दुई वर्षको लागि म्यानचेस्टर युनाइटेडले मंगलबार आधिकारिक रुपमा सार्वजनिक गरेको हो । रोनाल्डो सन् २००९ पछि ओल्ड ट्राफर्ड फर्किएका हुन् । रोनाल्डोले युभेन्ट्समा तीन सिजन बिताउँदा दुई सिरी ‘ए’ को उपाधिसहित ५ […]

67 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । ३६ वर्षीय रोनाल्डोलाई २० मिलियन पाउन्डमा दुई वर्षको लागि म्यानचेस्टर युनाइटेडले मंगलबार आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

रोनाल्डो सन् २००९ पछि ओल्ड ट्राफर्ड फर्किएका हुन् । रोनाल्डोले युभेन्ट्समा तीन सिजन बिताउँदा दुई सिरी ‘ए’ को उपाधिसहित ५ उपाधि जित्न सफल भएका थिए । यो सिजन युभेन्ट्स सिरी ‘ए’ को उपाधि जित्नबाट वञ्चित भएको थियो ।

रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्ट्सबाट १३३ खेलमा १०१ गोल गरेका थिए । उनी युभेन्ट्सबाट १ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोले जर्सी नम्बर ७ नै लगाउने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि सबैको ध्यान रोनाल्डोले कुन जर्सी नम्बर प्रयोग गर्छन् भन्नेमा छ । रोनाल्डोले प्रयोग गर्दै आएको जर्सी नम्बर ७ हाल युनाइटेडमा एडिन्सन काभानीले प्रयोग गरेका कारण पनि यो चर्चा बढेको हो ।

यसअघि युनाइटेडबाट नै सिनियर करिअरमा छाप बसाएका रोनाल्डोले त्यसपछि रियल म्याड्रिड र युभेन्टसबाट खेलेका थिए । आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले सीआर७ को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् ।

रोनाल्डोले यसअघि युनाइटेडको निकै प्रतिष्ठित जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए । उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरेपनि कसैले राम्रो छाप बसाउन सकेका छैनन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।

हाल काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाइरहेका छन् । रोनाल्डोको आगमनसँगै काभानीको भविष्य पनि अनिश्चित छ । यसैपनि काभानी युनाइटेडमा रहनेबारे शंका भइरहेको अवस्थामा रोनाल्डोको आगमनले उनी क्लब छाड्ने सम्भावना बढेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ ।

तर त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियम अनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा स्वीकृति लिनुपर्ने नियम छ । प्रिमियर लिगको वेबसाइटमा रोनाल्डो र काभानी दुवैकोमा जर्सी नम्बर ७ राखिएको छ । यसको मतलब अब क्लबले रोनाल्डोका लागि विशेष स्वीकृति प्रदान गरेर काभानीलाई नयाँ नम्बर दिन सक्छ ।

यसअघि रियल म्याड्रिड जाँदा भने रोनाल्डोले सुरुवाती सिजन जर्सी नम्बर ९ प्रयोग गरेका थिए । क्लबका कप्तान राउलले ७ नम्बर जर्सी प्रयोग गरेकाले उनी ९ नम्बर लगाउन बाध्य भएका थिए । अर्को सिजन राउल जर्मन क्लब साल्के गएपछि रोनाल्डोले ७ नम्बर नियमित लगाएका थिए ।

यता युभेन्टसमा भने उनले अर्का खेलाडीबाट ७ नम्बर जर्सी लिएका थिए । रोनाल्डोले युभेन्टससँग सम्झौता गरेपछि आफूलाई ७ नम्बर जर्सी दिन सकिनेबारे सोधेका थिए । त्यसको जवाफमा क्लब सकारात्मक रहेको थियो । त्यसबेला ७ नम्बर लगाएका जुआन क्वाडराडो आफैंले रोनाल्डोलाई जर्सी नम्बर ७ दिनु आफूलाई खुसीको कुरा रहेको बताएका थिए । रोनाल्डोले ७ नम्बर लगाएपछि उनले १६ नम्बर जर्सी रोजेका थिए ।

रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ पनि प्रयोग गरेका थिए । उनले स्पोर्टिङ लिस्बनमा यो नम्बर लगाएका थिए । रोनाल्डोले युनाइटेड आएपछि पनि २८ नम्बर लगाउन खोजेका थिए, तर सर एलेक्स फर्गुसनले उनलाई ७ नम्बर लगाउन भनेका थिए । युनाइटेडमा अहिले ९ नम्बर एन्थोनी मार्सियल र २८ नम्बर फाकुन्दो पेलिस्त्रीले प्रयोग गरेका छन् । रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर पनि प्रयोग गरेका छन् । युनाइटेडमा अहिले खाली उपलब्ध जर्सीहरु १२, १५, २४, ३०, ३१, ३३ र ३५ छन् ।

यो पनि : यस्तो रहयो मेस्सीको पिएसजी डेब्यु

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.