default_image

3 years ago

September 4, 2021

‘मोटाएको होइन, जर्सी ठूलो थियो’ – नेयमार

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजन सुरु हुँदा आफू मोटाएको भन्ने आरोप सामाजिक संजालमार्फत नकारेका छन् । कोपा अमेरिका सकिएपछि एक महिना छुट्टीमा रहँदा नेयमारको पेट लागेको भन्दै सामाजिक संजालमा चर्चा भएको थियो । दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीविरुद्ध खेल्दा पनि नेयमारको तस्बिरलाई लिएर सामाजिक संजालमा उनी मोटाएको र फिट नभएको आरोप […]

42 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले नयाँ सिजन सुरु हुँदा आफू मोटाएको भन्ने आरोप सामाजिक संजालमार्फत नकारेका छन् । कोपा अमेरिका सकिएपछि एक महिना छुट्टीमा रहँदा नेयमारको पेट लागेको भन्दै सामाजिक संजालमा चर्चा भएको थियो ।

दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीविरुद्ध खेल्दा पनि नेयमारको तस्बिरलाई लिएर सामाजिक संजालमा उनी मोटाएको र फिट नभएको आरोप लागेको थियो । तर नेयमारले इन्स्टाग्राममा आफ्नो जर्सीको साइज ठूलो भएकाले त्यस्तो देखिएको भनेका छन् । उनले अर्को खेलमा अलि सानो जर्सी लगाउने बताएका छन् ।

‘मेरो जर्सी केहि ठूलो थियो । मैले आफ्नो तौल सन्तुलनमा राखेको छु,’ हाँसेको केहि इमोजी प्रयोग गर्दै उनले लेखेका छन्, ‘अर्को खेलमा मैले मिडियाम साइजको जर्सी लगाउनेछु ।’

चिलीविरुद्ध नेयमारको प्रदर्शन औसत रहेको थियो । ब्राजिलको आक्रमण चुस्त नदेखिएपनि टोलीले जित हासिल गर्दै छनोटको ७ खेलमा शत प्रतिशत जित हासिल गरेको थियो । अब ब्राजिलले छनोटको अर्को खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल आइतबार राती १२:३० बजे हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.