default_image

3 years ago

September 4, 2021

‘मेस्सीसँग नजिते पिएसजीले कहिल्यै च्याम्पियन्स लिग जित्दैन’

57 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लब इतिहासमा पहिलो पटक युरोपेली च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित यसपटक ट्रान्सफर विन्डोमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गर्यो । तर मेस्सीको अनुबन्धसँगै पिएसजी कागजमा हेर्दा विश्व फुटबलकै उत्कृष्ट टोली बनेको छ ।

कागजमा बालियो भएपनि टोली यसपटक च्याम्पियन्स लिगमा निकै कठिन समूहमा परेको छ । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी, जर्मन क्लब आरबी लाइप्जिग र क्लब ब्रुगा समूह ए मा परेका छन् । पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीको बारेमा अर्जेन्टिनी लेजेन्ड हुवाँ रोमन रिक्लेमेले मेस्सीसँग पनि नजिते पिएसजीले कहिल्यै च्याम्पियन्स लिग नजित्ने बताएका छन् ।

रिकेल्मे अर्जेन्टिनाका उत्कृष्ट खेलाडीमा पर्दछन् । उनले आफ्नो खेल जीवनमा बोका जुनियर्स, बार्सिलोना र भिल्लारियलबाट खेलेका थिए । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यो सिजन अर्जेन्टिना कप्तान लिओनल मेस्सी आबद्ध भएपछि टोलीको च्याम्पियन्स लिग जित्ने सम्भावना रहेको बताएका छन् ।

युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबलको उपाधिका लागि यसपटक पिएसजीको सम्भावना रहेको उनको विश्वास छ । तर उनलाई लाग्छ यदि मेस्सीसहित पनि पिएसजीले च्याम्पियन्स लिग जित्न सकेन भने पछि कहिल्यै जित्ने छैन ।

‘यदि मेस्सी भएर पनि पिएसजीले च्याम्पियन्स लिग जितेन भने कहिल्यै जित्ने छैन’, रिकेल्मेले भनेका छन् । उनी अहिले बोका जुनियरर्सका उपाध्यक्ष रहेका छन् ।

मेस्सी अहिलेको विश्व फुटबलको उत्कृष्ट खेलाडी रहेको पनि उनले बताएका छन् । ‘मेस्सी उत्कृष्ट खेलाडी हुन् । उनी बल खेल्न मन पराउँछन्,’ पिएसजीलाई च्याम्पियन्स लिग जितेर सन्यासका लागि पुनः बार्सिलोना फर्कने विश्वाससहित उनले भने, ‘मलाई लाग्छ मेस्सीले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने छन् र बार्सिलोनाबाट सन्यास लिनेछन् ।’

३४ वर्षे मेस्सीले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सन् २०२३ उनी ३६ वर्षको उमेरमा फ्रि एजेन्ट हुनेछन् ।

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.