default_image

3 years ago

September 6, 2021

बार्सिलोना, जर्सी नम्बर १० र फाती

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि अब क्लबकै एकेडेमी ला मासियाबाट आएका अर्का युवा खेलाडी अन्सु फातीले १० नम्बर जर्सी लगाउने तय भइसकेको छ । तर, फातीलाई अहिले नै यो जर्सी नम्बर दिनु सहि हो भन्नेबारे बार्सिलोना वृत्तमा प्रश्न उठेको छ । केहि समर्थकले फातीले त्यसका लागि आफूलाई प्रमाणित गरिसकेको बारेमा शंका व्यक्त […]

82 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि अब क्लबकै एकेडेमी ला मासियाबाट आएका अर्का युवा खेलाडी अन्सु फातीले १० नम्बर जर्सी लगाउने तय भइसकेको छ ।

तर, फातीलाई अहिले नै यो जर्सी नम्बर दिनु सहि हो भन्नेबारे बार्सिलोना वृत्तमा प्रश्न उठेको छ । केहि समर्थकले फातीले त्यसका लागि आफूलाई प्रमाणित गरिसकेको बारेमा शंका व्यक्त गरेका छन् । त्यसमाथि पनि चोटका कारण उनी १० महिनापछि मैदान फर्कने क्रममा छन् । उनले पुरानै लयमा खेल्न सक्छन् सक्दैन अहिले भन्न सकिने अवस्था छैन ।

चोटपछि फातीको शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उनको चोटमा केहि जटिलता आएको थियो । प्रशिक्षक रोनाल्ड कोम्यानले फाती फर्कनको लागि तयार भएपनि खेलाउनका लागि हतार नगरिने बताएका छन् । यति छिट्टै फातीलाई १० नम्बरको जर्सी नहुने तर्क पनि आउन थालेका छन् ।

क्याप नोउमा १० नम्बर जर्सी लगाउने खेलाडीले माथिल्लो स्तरमा प्रदर्शन गरेका छन् । मेस्सी भन्दा अगाडि रोनाल्डिन्हो, हुवा रोमन रिक्विल्मी र रिभाल्डोले १० जन्मर जर्सी लगाएका थिए । फाती त्यो स्तरमा पुगेका छैनन् भन्ने सबैलाई थाहा छ । उनले त्यसका लागि लामो यात्रा तय गर्नुपर्नेछ । यो निर्णयले उनीमाथि थप दबाब आउने आँकलन पनि रहेको छ ।

बार्सिलोना युवा स्टारबाट भविष्यमा राम्रो गर्ने अपेक्षा गरेको छ । चोटअघि उनले आफ्नो क्षमतालाई मैदानमा प्रदर्शन पनि गरेका थिए । त्यति बेला मेस्सी, एन्टोइन ग्रिजमन र लुइस स्वारेज जस्ता खेलाडीको साथ थियो । अहिले तीनै खेलाडी क्लबमा छैनन् । त्यसका बाबजुद पनि क्लबमा मेस्सीले छाडेको छापलाई फातीले भविष्यमा पछ्याउने अपेक्षा भने राखिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.