default_image

3 years ago

September 5, 2021

भारतसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा पुजन उपकोटीको प्रहार आकासियो । २३औं मिनेटमा तेज तामाङले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपालले अग्रता बढाउन सकेन । २५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक तथा कप्तान किरण चेम्जोङले क्लियर गर्दै नेपालको संकट टारे ।

२८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशिष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा मनविर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङ हेडरमार्फ क्लियर गरिदिए । दोस्रो हाफको सुरुमै विशाल राईको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले सहजै नियन्त्रणमा लिए ।

५३औं मिनेटमा चिङलेनसाना सिंह कोन्सामको क्रस पासलाई किरणले डाइभ दिदै बचाउँदै नेपालको खतरा टारे । ६२औं मिनेटमा चिङलेनसना सिंह कोन्सामको क्रसलाई कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा अनमार्क रहेका फरुख हाजी कासम चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाए । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए ।

६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेम बाहिर परेपनि अन्जन विष्टले भेट्दै गरेको प्रहारलाई भारतीय गोलरक्षकले बचाउदा नेपाल बराबरीबाट चुक्यो । ६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा विशाल राईले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपालले खेललाई बराबरी गर्न सकेन । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए ।

७४औं मिनेटमा अन्जन विष्टको क्रसमा मनिष डाँगीको वान टच प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपाल बराबरीबाट चुक्यो । ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले पञ्च गरेपछि डिफेन्डरबाट क्लियर भएको बललाई काउन्टर अट्याकमा मैदानको मध्यभागबाट अनिरुद्ध सिंहले गौतम श्रेष्ठलाई बिट गर्दै दिएको पासलाई सुनिलले एक्लै अघि बढाउँदै गोलरक्षक किरणलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाइ २–१ को अवस्थामा ल्याए । उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । सुजल श्रेष्ठले क्रस गरेको बललाई कर्नर फ्ल्याग नजिकैबाट गौतम श्रेष्ठले दिएको ब्याक पासलाई सन्तोष तामाङ र विशाल राईले छोडेको बललाई तेजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार उत्कृष्ट रुपमा गोलमा परिणत हुदा भारतीय डिफेन्डर र गोलरक्षकले रोक्ने कुनै अवसर नै पाएन ।

साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपुर्ण खेल खेलेको हो ।

मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.