default_image

3 years ago

September 6, 2021

लिङ्गार्ड र साका चम्कदा इंग्ल्यान्ड अपराजित

एजेन्सी – जेसे लिङ्गार्डले दुई गोलसँगै एक असिस्ट तथा बुकायो साकाले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्ल्यान्डले विश्वकप छनोटको युरोपेली छनोटमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले एन्डोरामाथि ४–० को सहज जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान ह्यारी केन र बुकायो साकाले समान एक […]

63 views

0 Bookmark

एजेन्सी – जेसे लिङ्गार्डले दुई गोलसँगै एक असिस्ट तथा बुकायो साकाले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि इंग्ल्यान्डले विश्वकप छनोटको युरोपेली छनोटमा सानदार जित हात पारेको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले एन्डोरामाथि ४–० को सहज जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान ह्यारी केन र बुकायो साकाले समान एक गोल थपे ।

वेम्वली स्टेडियममा आइतबार राति भएको खेलको १८औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट इंग्ल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ७२औं मिनेटमा सब्सिच्युट कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

मेसान माउन्टलाई पेनाल्टी बक्समा गार्सियाले फउल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ६२औं मिनेटमा प्याट्रिक बामफोर्डको स्थानमा मैदान छिरेका कप्तान केनले कुनै गल्ती गरेनन् ।

७८औं मिनेटमा जेसे लिङ्गार्डले बुकायो साकासको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अग्रसर गराए । ८५औं मिनेटमा बुकायो साकाले लिङ्गार्डको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ४–० को सानदार जित दिलाए ।

जितपछि इंग्ल्यान्डले समूह ‘आई’ मा चरणमा लगातार पाँचौ जित दर्ता गर्दै शीर्षस्थानम यथावत रहेको छ । पराजित एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा पोल्यान्डले सान मारिनोमाथि ७–१ को सानदार जित दर्ता गर्दा हंगेरी अल्वानियासँग १–० ले स्तब्ध बनेको छ ।

यो नतिजापछि पोल्यान्ड १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । अल्वानिया ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा हंगेरी ७ अंक जोडेर चौथो स्थानमा झरेको छ । सान मारिनोले अंकको खाता खोल्न सकेको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.