default_image

3 years ago

September 6, 2021

महर्जनले यू-२३ टोली सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् । नेपालले अक्टोबर अन्तिम साता ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कपको छनोट खेल्दैछ । राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका महर्जनले यू-२३ टोलीको जिम्मेवारी सम्हाल्ने एन्फाले सोमबार वेबसाइटमा जनाएको छ । महर्जनसँगै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलरक्षक प्रशिक्षकमा नियुक्त भएका […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् । नेपालले अक्टोबर अन्तिम साता ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कपको छनोट खेल्दैछ ।

राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका महर्जनले यू-२३ टोलीको जिम्मेवारी सम्हाल्ने एन्फाले सोमबार वेबसाइटमा जनाएको छ । महर्जनसँगै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलरक्षक प्रशिक्षकमा नियुक्त भएका छन् । महर्जनले यसअघि पनि यू-२३ छनोटमा टोलीको प्रशिक्षण सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले चैतमा थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

नेपालले छनोटअन्तर्गत अक्टोबर २३ मा इरान, अक्टोबर २८ मा ताजिकिस्तान र अन्तिम खेलमा अक्टोबर ३१ तारिखमा लेबनानको सामना गर्नेछ । प्रत्यक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शीर्ष ४ टोली पनि छनोट हुनेछन् ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

यसपटक नेपाली टोलीमा राष्ट्रिय टोलीको क्याम्प रहिसकेका आयुष घलान, अभिषेक रिजाल, सुमन अर्याल, मनिष डाँगी, अर्पण कार्की, नितिन थापा, राजन गुरुङ, सुरज जिउ ठकुरी, सेसेहाङ आङदेम्बे लगायत खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । लामो समय यो उमेर समूहमा खेलेका अनन्त तामाङ, अन्जन विष्ट लगायत भने यसपटक बाट यस उमेर समूहमा देखिने छैनन् ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.