default_image

3 years ago

September 8, 2021

पोर्चुगलको सहज जित

एजेन्सी – आफ्नो कप्तान तथा मुख्य फरवार्ड टोलीमा नहुदा पनि पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानमाथि सहज जित हात पारेको छ । बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाको गोलमा पोर्चुगलले घरेलु टोली अजरबैजानमाथि ३–० को सहज जित हात पारेको हो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । बाकु ओलम्पिया स्टेडियम बाकुमा […]

39 views

0 Bookmark

एजेन्सी – आफ्नो कप्तान तथा मुख्य फरवार्ड टोलीमा नहुदा पनि पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानमाथि सहज जित हात पारेको छ ।

बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाको गोलमा पोर्चुगलले घरेलु टोली अजरबैजानमाथि ३–० को सहज जित हात पारेको हो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । बाकु ओलम्पिया स्टेडियम बाकुमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगलले १–० को अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

३१औं मिनेटमा डिएगो जोटाको पासमा आन्द्र सिल्भाले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७५औं मिनेटमा डिएगो जोटाले जोओ क्यान्सेलोको पासमा गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए ।

जितपछि समूह ‘ए’ मा अपराजित रहेको पोर्चुगल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित अजरवैजान १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा आयरल्यान्ड र सर्वियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि दोस्रो स्थानमा रहेको सर्वियाले शीर्षस्थानको पोर्चुगलसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । सर्वियाको ११ अंक छ । आयरल्यान्ड २ अंक जोडेर चौथो स्थानमा रहँदा लक्जेमवर्ग ५६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.