default_image

3 years ago

September 8, 2021

कप्तान किरण प्रिमियरको स्पोर्ट्स एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् । प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । किरणले तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् ।

प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । किरणले तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि उपस्थित थिए ।

किरणले यसै साता भारतविरुद्वको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दुवै खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाएका थिए । किरणले राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यु गरेका थिए भने सन् २०१८ यता कप्तानी गर्दै आएका छन् ।

किरणले प्रिमियर स्कुलसँग आवद्धतासँगै अब स्तरीय शिक्षासँगै नेपालका लागि प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । उनले विद्यालयका विद्यार्थीसँग आफ्नो अनुभव र खेल कौशल साटासाट गर्नेछन् । एन्फा अध्यक्ष शेर्पाले अबको लक्ष्य युवा फुटबल विकास रहेकाले स्कुल फुटबललाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताए ।

किरण अब राष्ट्रिय टोलीसँग शुक्रबार कतार प्रस्थान गर्नेछन् । राष्ट्रिय टोलीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अघि कतारमा बन्द प्रशिक्षण गर्दैछ ‌‌। प्रतियोगिता राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.