default_image

3 years ago

September 9, 2021

जर्मनीको एकतर्फी जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे । आइसल्यान्डमा बुधबार राति […]

30 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो ।

पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

आइसल्यान्डमा बुधबार राति भएको खेलमा पाहुना टोली जर्मनीले खेलको चौथो मिनेटमा नै सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएके थियो । उनले लिरोए सानेको पासमा गोल गरेका थिए । २४औं मिनेटमा योसुवा किम्मिखको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

जर्मनीले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो । ५६औं मिनेटमा लिरोए सानेले लियोन गोरेट्जकाको पासमा गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए । ६४औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

८९औं मिनेटमा इंग्लिस क्लब चेल्सीका सहयात्री काई हाभर्टजको पासमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ४–० को सहज जित दिलाए । यो जितसँगै समूह ‘जे’ मा जर्मनी ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित आइसल्यान्ड ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा अर्मेनिया र लिचेस्टाइनले १–१ गोलको बराबरी तथा नर्थ म्यासेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नजितापछि अर्मेनिया ११ अंक जोडेर दोस्रे स्थानमा यथावत रहेको छ । रोमानिया १० अक जोडेर तेस्रो स्थानमा रहँदा नर्दन आयरल्यान्डको ९ तथा लिचेस्टाइनको १ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.