default_image

3 years ago

September 9, 2021

स्पेनले कोसोभोलाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कोसोभेमाथि सहज जित दर्ता गरेको छ । पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरेपछि स्पेनले घरेलु टोली कोसोभोलाई २–० ले पराजित गरेको हो । कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका […]

37 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कोसोभेमाथि सहज जित दर्ता गरेको छ । पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरेपछि स्पेनले घरेलु टोली कोसोभोलाई २–० ले पराजित गरेको हो ।

कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फेरान टोरेसले मिकेल मोरेनोको पासमा गोल गर्दै स्पेनलाई २–० को सहज जित दिलाए ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्वीडेन घरेलु टोली ग्रीससँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोली ग्रीसको जितमा एनास्टासिओसबाकासेटास र इभांगीलोस पाभलिडिसले गोल गर्दा स्वीडेनका रोविन क्वासिनले एक गोल फर्काए ।

यो नजितापछि समूह ‘बी’ मा स्पेन ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहँदा स्वीडेनले शीर्षस्थानको स्पेनसँग अंक दुरी छोट्याउन सकेन । स्वीडेन ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ग्रीसको ४ खेलबाट ६ अंक छ । समान ५ खेल खेलेको कोसोभोको ४ तथा जर्जियाको १ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.