default_image

3 years ago

September 9, 2021

नेपाल र बंगलादेश भिड्दै

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि शुरु हुनेछ । नेपाली महिला टोलीले फिफाको मान्यता प्राप्त खेल पहिलोपटक दशरथ रंगशालामा खेल्न लागेको हो । युवा खेलाडीको बाहुल्यता रहेको टोलीले यसपटक घरेलु मैदान दशरथ रंगशालामा खेल्दा एसियन कप छनोटको तयारीलाई यो मैत्रीपुर्ण खेल खेलाडीका लागि अनुभव बटुल्ने अवसरको रुपमा रहेको छ ।

दशरथ रंगशालामा नेपालले पहिलोपटक खेल्दा टोलीमा ७ नयाँ खेलाडी डेब्युको प्रतीक्षामा हुनेछन् । विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले आक्रमणमा नयाँ खेलाडी उतार्ने सम्भावना प्रबल छ । टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ चोटका कारण बाहिर हुनु र अर्की फरवार्ड शर्मिला थापा टोलीमा नै नपर्नुले पनि युवा खेलाडीलाई अवसरको ढोका खुलेको छ ।

मुख्य फरवार्डको भूमिकामा प्रशिक्षक फिलिप्सले अनिता केसीलाई पनि प्रयोग गर्न सक्छन् । उनलाई साथ दिन सरु लिम्बु पनि उपलब्ध छिन् । यसबाहेक युवा फरवार्डत्रय रजनी थोकर, रश्मी कुमारी घिसिङ र सविता रानामगर डेब्युको प्रतिक्षामा छन् । तीनैजना महिला फुटबलमा नेपालको उर्वरभुमि रौतहटका हुन् । रश्मी भने गत वर्ष आर्मीमा अनुबन्धित भएकी थिइन् । मिडफिल्डर प्रिती राई पनि दोस्रो फरवार्डको रुपमा खेल्दै डेब्यु गर्ने सम्भावना रहेको छ ।

डिफेन्समा निशा थोकर, सिर्जना सिंह र विमला विक पहिलोपटक टोलीमा परेका छन् । यसबाहेक टोलीमा नियमित खेल्दै आएका गीता राना, हिरा भुजेल, पुनम जर्घा मगर, अमृता जैसी र पुजा राना आफ्नो स्थान बलियो पार्न तत्पर छन् । हिरा र गीताको स्थान पक्का जस्तै देखिन्छ ।

गोलरक्षकमा पनि टोलीमा तीव्र प्रतिस्पर्धा छ । लामो समयदेखि टोलीको पोस्ट सम्हालेकी एन्जिला तुम्बापो सुब्बालाई अन्जना राना मगर र उषा नाथले चुनौती दिइरहेका छन् । अन्जनाको घरेलु फुटबलमा उच्च प्रदर्शन रहेकोले पनि उनले स्थान बनाउन सक्छिन् । प्रशिक्षक फिलिप्सले तीनै गोलरक्षकमध्य जो पनि खेल्न सक्ने बताएका छन् ।

मिडफिल्डमा नेपालले भर्खरै चोटबाट पूनरागमन गरेका दिपा राई र रेनुका नगरकोटेको अनुभवको सदुपयोग गर्नेछ । यी दुवै भर्खर चोटबाट फर्केकाले प्रशिक्षक फिलिप्स केहि संयम रहन सक्छन् । यसबाहेक अनिता बस्नेत, विमला चौधरी र मन्जली तामाङमध्ये दुई जनाले विंगमा खेल्नेछन् । सरु लिम्बु यसपटक टोलीको मुख्य केन्द्रमा रहने देखिन्छ । आक्रमण र मिडफिल्ड दुवैमा खेल्न सक्ने उनलाई ‘फ्री रोल’ मा खेलाउने तयारी गरेका छन् ।

उमेर समूहमा बंगलादेश पछिल्लो समय नेपालमाथि हावी हुँदै आएकोले पनि बंगलादेशको महिला फुटबल सुधारिएको आँकलन गर्न कठिन छैन । अझ प्रशिक्षक गोलाम नै टोलीसँग निरन्तर रहिरहेका छन् । उनले उमेर समूहदेखि आफैं ल्याएका खेलाडीलाई अहिले सिनियर टोलीमा खेलाउँदै छन् । उनलाई आफ्नो टोलीबारे सम्पूर्ण जानकारी छ ।

बंगलादेशविरुद्ध खेल नेपालका लागि इतिहास हेर्ने हो भने अवसर भन्दा दबाब बढी हुने देखिन्छ । सावित्राको अनुपस्थितिले यसैपनि मानसिक रुपमा केहि दबाबमा रहेको टोलीसामु बंगलादेशविरुद्ध जित हासिल गर्नुपर्ने छ । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ६ खेलमा नेपालले ५ जित र १ बराबरी खेलेको छ । पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन भने निकै सुधार गरेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.