default_image

3 years ago

September 9, 2021

डिफेन्डर निशान थ्री स्टारमै रहने

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको चर्चित ललितपुरको रुस्लान थ्री स्टार क्लबले आफ्ना डिफेन्डर निशान खड्कासँगको सम्झौता नविकरण गरेको छ ।

थ्री स्टारले गत चैतमा भएको थ्री नेसन्स कप च्याम्पियन राािष्ट्रय टोलीका डिफेन्डर निशानलाई बिहीबार आगामी सिजनको लागि क्लबमा सम्झौता नविकरण गरेको हो । ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि हुने तय छ ।

उनी २०७६ को लिगको मध्यतिर थ्री स्टारमा आबद्ध भएका थिए । त्यसअघिको सिजनमा उनले च्यासल युथ क्लबबाट लिग खेलेका थिए । उनले गत जेठमा सम्पन्न नेपाल सुपर लिग धनगढी एफसीबाट खेलेका थिए ।

थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ र मिक्चेन तामाङको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो र गोलरक्षक रोशन गुरुङलाई अनुबन्ध गरिसकेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.