default_image

3 years ago

September 9, 2021

रोनाल्डो युनाइटेड आउनु ‘सुखद समस्या’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको आगमनसँगै युनाइटेडले सुखद समस्याको सामना गर्नुपर्ने भएको छ । रोनाल्डोअघि युनाइटेडले युवा विंगर जेडन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अनुबन्धन गरेको थियो । क्लबले भेट्रान फरवार्ड एडिन्सन काभानीले पनि सिजनको […]

39 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको आगमनसँगै युनाइटेडले सुखद समस्याको सामना गर्नुपर्ने भएको छ ।

रोनाल्डोअघि युनाइटेडले युवा विंगर जेडन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अनुबन्धन गरेको थियो । क्लबले भेट्रान फरवार्ड एडिन्सन काभानीले पनि सिजनको सुरुवातमा एक वर्ष थप्दै सम्झौता नविकरण गरेका थिए । क्लबमा यसअघि नै मार्कस रासफर्ड, मेसन ग्रिनवुड र एन्थोनी मार्सियल आक्रमणमा खेल्ने खेलाडीका रुपमा रहेका छन् । यस्तो अवस्थामा प्रशिक्षक ओले गुनार सोल्साएरलाई कुन खेलाडी छनोट गर्ने भन्ने सुखद समस्या पर्नेछ ।

युनाइटेडले शनिबार न्युकासल युनाइटेडको सामना गर्दा टोली छनोट कस्तो हुन्छ भन्ने व्यग्र प्रतीक्षा छ । सोल्साएरले रोनाल्डोलाई डेब्यु दिने लगभग पक्का छ । उनी बुधबार देखि प्रशिक्षण नै गर्न थालिसकेका छन् । सान्चोले इंग्ल्यान्डसँग रहँदा चोट बोकेका कारण खेल्नेमा दुविधा छ । अन्य खेलाडी भने छनोटका लागि उपलब्ध छन् ।

रोनाल्डो उमेरले ३६ वर्ष भएपनि मैदानभित्र निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत सिजन युभेन्टसले अपेक्षित प्रदर्शन गर्न नसकेपनि व्यक्तिगत रुपमा रोनाल्डोको प्रदर्शन भने राम्रो नै रहेको थियो । उनी क्लबका सर्वाधिक गोलकर्ता समेत रहेका थिए ।

त्यसो त रोनाल्डोले गत साता मात्र आफ्नो स्तर सिद्ध गरेका छन् । पोर्चुगलका लागि खेल्दै रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्दै टोलीलाई हारको संघारबाट जित दिलाए । यसक्रममा उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत कायम गरे । रोनाल्डोको आगमनले युनाइटेडलाई मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि फाइदा पुग्नेछ । युवा आक्रमणमा रोनाल्डोको अनुभव थपिंदा खेलाडी छनोटमा समस्या पक्कै हुन्छ, तर यसलाई सुखद छनोट मान्न सकिन्छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.