default_image

3 years ago

September 9, 2021

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।२३औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।
२३औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

राष्ट्रिय टोलीले फिफा क्यालेन्डरमा पहिलोपल्ट दशरथ रंगशालामा खेल्ने अवसर पाउदा सविता र प्रीतिले पहिलो रोजाईमा खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।

उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेकी रौतहटकी सविताले पछिल्लो महिला राष्ट्रिय लिगमा प्रभाव जमाएपछि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको पहिलो अवसरमै राािष्ट्रय टोलीबाट खेल्ने अवसर पाएकी हुन् ।

उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रीतिले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छिन् । गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट व्यवसायिक खेल खेलिरहेकी छिन् । उनी १३औं सागको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा पर्न सकेको थिएन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.